६ जेठ, २०८१ आइतबार

01:44:31 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

फागुन २७ देखि निर्माण व्यवसायी महासंघको महाधिवेशन, दुई करोड खर्च हुने अनुमान

२५ फागुन, २०७८

महाधिवेशन स्थलमा विभिन्न क्षेत्रका ३० स्टल राखिने जनाइएको छ

फागुन २७ देखि निर्माण व्यवसायी महासंघको महाधिवेशन, दुई करोड खर्च हुने अनुमान

नेपाल विजनेश समाचारदाता,
काठमाडौँ,

नेपाल निर्माण व्यवसायी महासंघको २३ औँ साधारणसभा तथा १२ औँ महाधिवेशन यही फागुन २७ देखि २९ सम्म काठमाडौँमा हुने भएको छ । 

महाधिवेशनमा एक हजार २०० प्रतिनिधि र सोही हाराहारी पर्यवेक्षक गरी दुई हजार ४०० बढीको सहभागिता रहने जनाइएको छ ।

महाधिवेशनमा एक हजार २०० प्रतिनिधि र सोही हाराहारी पर्यवेक्षक गरी दुई हजार ४०० बढीको सहभागिता रहने जनाइएको छ ।

महाधिवेशनबारे बुधबार आयोजित पत्रकारसम्मेलनमा जनाइएअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा माधिवेशन हुन लागेको हो । महाधिवेशनले महासंघको ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । 

बुधबारको पत्रकार सम्मेलनमा महाधिवेशन स्थलमा विभिन्न क्षेत्रका ३० स्टल राखिने जनाइएको छ । यसको मुख्य प्रायोजकका रुपमा जेसीवि रहेको छ । 

महाधिवेशन सम्पन्न गर्न झण्डै दुई करोड खर्च लाग्ने अनुमान गरिएको पत्रकार सम्मेलनमा जनाइएको थियो । महासंघका अध्यक्ष रवि सिंहले महाधिवेशनले तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । जसमा ४६ जना रहने छन् ।