४ जेठ, २०८१ शुक्रबार

06:50:18 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अधिकृत र तीन नासुविरुद्ध भन्सार छलीको मुदा दायर

Nepal Business

२८ मंसिर, २०७८

मालबस्तु जाचँपासमा लापरबाही गरेर राजस्व चुहावट गर्ने सहयोग गरेको अभियोगमा भन्सार अधिकृत प्रमोद पौडेल तथा नायब सुब्बाहरु नानुका पोखरेल (आचार्य), लक्ष्मी विश्वकर्मा र किशोर आचार्य विरुद्ध मुदा दायर गरिएको हो ।

अधिकृत र तीन  नासुविरुद्ध भन्सार छलीको मुदा दायर


काठमाण्डौं, मंसिर २८
राजस्व अनुसन्धान विभागले  भद्रपुर भन्सार कार्यालय झापाका एक अधिकृत सहित ४ जना विरुद्ध राजस्व छलीको मुदा दायर गरेको छ । मालबस्तु जाचँपासमा लापरबाही  गरेर राजस्व चुहावट  गर्ने सहयोग गरेको अभियोगमा भन्सार अधिकृत प्रमोद पौडेल तथा नायब सुब्बाहरु नानुका  पोखरेल (आचार्य), लक्ष्मी विश्वकर्मा र किशोर आचार्य विरुद्ध मुदा दायर गरिएको हो । 
उनीहरु विरुद्ध सोमबार उच्च अदालत विराटनगरमा मुदा दायर गरिएको विभागले जनाएको छ । उनीहरुविरुद्ध १ करोड ६० लाख ७५ हजार ३ सय रुपैयाँ बराबरको बिगो माग गरिएको छ ।