२ मंसिर, २०८१ आइतबार
05:04:18 AM
२५ फागुन, २०७८
बुधबार कूल २२९ वटा कम्पनीको ४९ लाख ५९ हजार ९ सय १९ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ३५ करोड २३ लाख १७ हजार एक सय ४२ रूपैयाँ बराबरको कारोबार भएको छ ।
काठमाडौं
बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ३०.२९ अंकले घटेर २५१४.६५ विन्दुमा पुगेको छ । नेप्से १.१९ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ५.४६ अंकले घटेर ४८७.०७ विन्दुमा पुगेको छ ।
बुधबार कूल २२९ वटा कम्पनीको ४९ लाख ५९ हजार ९ सय १९ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ३५ करोड २३ लाख १७ हजार एक सय ४२ रूपैयाँ बराबरको कारोबार भएको छ । बुधबार कारोबार भएका कूल १३ उपसमूहमध्ये सबै समूहको उपसूचकमा गिरावट देखिएको छ ।
बुधबार माउन्टेन इनर्जी हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । माउन्टेन इनर्जी हाइड्रोपावरको सेयरमूल्य यसदिन ८.१० प्रतिशतले बढेको हो । त्यस्तै, इमर्जीङ नेपालको सेयरमूल्य ३.९९ प्रतिशत, आइसिएफसि फाइनान्सको सेयरमूल्य ३.९५ प्रतिशत र प्रभु लाइफ इन्स्योरेन्सको सेयरमूल्य १.९५ प्रतिशतले बढेको छ।
यसैगरी विशाल बजार कम्पनीको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । यसदिन विशाल बजार कम्पनीको सेयरमूल्य ५.७८ प्रतिशतले घटेको हो भने सामुदायीक लघुवित्तको ५.६० प्रतिशत, बुद्धभुमि हाइड्रोपावरको ५.४१ प्रतिशत, नेपाल हाइड्रो डेभलपर्सको ५.२० प्रतिशत र माउन्टेन हाइड्रोको ४.७४ प्रतिशतले घटेको हो ।
बुधबार नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । टेलिकमको १० करोड ५२ लाख २१ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।