२ मंसिर, २०८१ आइतबार
07:31:32 AM
२३ फागुन, २०७८
बुधबारबाटै हामी रोकिएका जति पनि कम्पनी छन् सबै कम्पनीहरूलाई एक पछि अर्को गरेर अनुमति दिन्छौँ । यसलालाई रोक्नु पर्ने कुनै कारण छैन ।
काठमाण्डौं ।
नेपाल धितो पत्र वोर्ड (सेबोन) ले आईपीओ निष्कासनको अनुमती मागेका कम्पनीलाई प्रक्रिया पुर्याउदै आईपीओ निष्कासन अनुमती दिने तयारी गरेको छ । विविध समस्याका कारण रोकिएका कम्पनीको आईपीओले अव एक डेढ महिनाभित्र स्वीकृती पाइसक्ने नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश कुमार हमालले बताउनु भयो ।
सेबोनद्वारा आयोजित आर्थिक पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष हमालले अहिले आईपिओका लागि निवेदन दिएका कम्पनीहरुको फाईल अगाडि बढिसेको बताउँदै छिट्टै आईपीओ निष्काशनका लागि स्वीकृति दिने बताउनुभयो ।
प्रक्रिया पुरा गरेर आइसकेका कम्पनीलाई आईपीओ प्रक्रिया रोकिँदा कम्पनीलाई घाटा भएको छ, त्यो हामीले बुझेका छौं, उहाँले भन्नु भयो । अहिले हाम्रो टिमले निवेदन दिएका कम्पनीहरुको इन्डेक्स हेरिरहेको छ । आवश्यक प्रक्रिया पुरा भएका कम्पनीलाई दुई तीन दिनभित्रबाटनै स्वीकृत दिन सुरु गर्ने अध्यक्ष हमालले बताउनुभयो ।
कुनै कम्पनिको काम स्वीकृतिका लागि दोश्रो चरणमा पुगेको छ । केहीलाई पत्राचार गरेका छौं उताबाट डिटेल आएको छैन, आउनासाथ प्रक्रिया अगाडि बढाउने उहाँले जानकारी दिनुभयो ।
भोलि मंगलबार बिदा छ बुधबारबाटै हामी रोकिएका जति पनि कम्पनी छन् सबै कम्पनीहरूलाई एक पछि अर्को गरेर अनुमति दिन्छौँ । यसलालाई रोक्नु पर्ने कुनै कारण छैन । रोक्दा सबैलाई अफ्ठ्यारो पर्छ । सबै पकृया पुरा गरेर अनुमति दिँदा एक डेढ महिना लाग्ने उहाँले बताउनु भयो । आईपीओ मात्रै नभएर पाइपलाइनमा रहेका डिबेञ्चर र राइट सेयरहरूको पनि प्रकृया चलिरहेको जानकारी उहाँले दिनुभयो।
आईपीओ निष्कासन स्वीकृति पाउने कम्पनीहरुः
१. मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेड
मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्नका लागि साउन १ गते धितोपत्र बोडमा निवेदन दिएको छ । कम्पनीले ३५ करोड ३१ लाख रुपैयाँ बराबरको ३५ लाख ३१ हजार कित्ता साधारण सेयर (आईपिओ) निष्कासन गर्न लागेको हो । कम्पनीले आईपिओ निष्कासन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
२. रिलायवल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
रिलायवल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण शेयर (आईपीओ) निष्कासनका लागि साउन १२ गते धितोपत्र बोडमा निवेदन दिएको छ । कम्पनीले ६० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेको हो । कम्पनीको आईपिओ निष्कासन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ।
३. थ्रि स्टार हाइड्रोपावर कम्पनी लिमिटेड
थ्रि स्टार हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासनका लागि धितोपत्र बोर्डमा साउन १७ गते निवेदन दिएको छ । कम्पनीले १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरका १२ लाख ३१ हजार २५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको आईपिओ निष्कासन तथा विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।
४. सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेड
सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता आईपीओ निष्कासन तथा विक्री खुला गर्नका लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रवन्धकको काम बोक क्यापिटल मार्केट लिमिटेड गर्नेछ।
५. कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनी लिमिटेड
कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनका लागि साउन ३२ गते बोर्डमा अनुमति मागेको छ । कम्पनीले २ करोड ४३ लाख ७३ हजार ५०० रुपैयाँ बराबरको २ लाख ४३ हजार ७३५ कित्ता आईपीओ निष्कासन गर्नका लागि अनुमति मागेको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमवी क्यापिटल लिमिटेड रहेको छ।
६. इष्ट्रन हाइड्रोपावर कम्पनी लिमिटेड
इष्ट्रन हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन लागि मंसिर २४ गते धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले १२ करोड ४० लाख रुपैयाँ बराबरको १२ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकको काम एनएमवी क्यापिटलले गर्नेछ ।
७. आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड
आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनका लागि असोज २० गते बोर्डमा अनुमति मागेको छ । कम्पनीले ६० लाख रुपैयाँ बराबरको ६० हजार कित्ता आईपीओ निष्कासनका लागि बोर्डमा अनुमति मागेको हो । कम्पनीको आईपीओनिष्कासन तथा विक्री प्रबन्धकमा बोक क्यापिटल मार्केट लिमिटेड रहेको छ।
८. सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेड
सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनका लागि मंसिर २० गते धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता आईपीओ निष्कासनका लागि मंसिर २० गते बोर्डमा निवेदन दिएको हो । कम्पनीको आईपीओ विक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ ।
९. सान्जेन जलविद्युत कम्पनी लिमिटेड
सान्जेन जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निष्कासनका लागि मंसिर २० गते धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ३६ करोड ५० लाख रुपैयाँ बराबरको ३६ लाख ५० हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुला गर्न लागेको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम सिटिजन इनभेष्टमेन्टले गर्नेछ ।
१०. रसुवागढी हाईड्रोपावर कम्पनी लिमिटेड
रसुवागढी हाईड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्न पुस २३ गते धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको ६८ लाख ४२ हजार १०० कित्ता आईपीओ निष्कासन तथा बिक्री खुला गर्न लागेको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।
११. पिपुल्स पावर कम्पनी लिमिटेड
पिपुल्स पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्न पुस २७ गते धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ३० करोड ९९ लाख ७४ हजार रुपैयाँ बराबरको ३० लाख ९९ हजार ७४० कित्ता आईपीओ निष्कासन गर्न लागेकोे हो । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।
१२. रिभर फल्स पावर लिमिटेड
रिभर फल्स पावर लिमिटेडले पनि आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । ३४ लाख ३० हजार कित्ता सेयर निष्काशन गर्ने लागेको हो । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
१३. एशियन हाइड्रोपावर कम्पनी लिमिटेड
एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनका लागि पुस ११ गते धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ११ करोड ८० लाख रुपैयाँ बराबरको ११ लाख ८० हजार कित्ता सेयर निष्काशन गर्ने लागेको हो । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धक एनएमवी क्यापिटल रहेको छ ।
१४. सयपत्री हाइड्रोपावर
सयपत्री हाइड्रोपावरले पनि आईपीओ निष्कासनका लागि बोर्डमा निवेदन दिएको छ । कम्पनीले ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता सेयर निष्काशन गर्ने लागेको हो। कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल रहेको छ ।
१५. उपकार लघुवित्त
उपकार लघुवित्तले पनि आईपीओ निष्कासन गर्ने जनाएको छ । यस कम्पनीले २ करोड ६६ लाख २५ हजार बराबरका २ लाख ६६ हजार २५० कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धक नेपाल एसबिआइ मेर्चेन्ट रहेको छ ।
१६. आइएमई लाइफ इन्स्योरेन्स
आइएमई लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ६० लाख कित्ता आईपीओ निष्काशनको लागि बोर्डमा निवेदन दिएको छ । यसको निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।
१७. राप्ती हाइड्रो जनरल कन्ट्रक्सन
राप्ती हाइड्रो जनरल कन्ट्रक्सनले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले २९ लाख ४१ हजार ४१० कित्ता आइपिओ निष्कासनका लागि बोर्डसँग अनुमति मागेको छ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।
१८. सिवाइसि नेपाल लघुवित्त
सिवाइसि नेपाल लघुवित्तले आईपीओ निष्कासन गर्ने भएको छ । लघुवित्तले ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्कासनको लागि बोर्डसँग अनुमति मागेको छ ।
१९. डिशहोम
डिशहोमले पनि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले २३ करोड ८५ लाख ९२ हजार ९०० बराबरको २३ लाख ८५ हजार ९२९ कित्ता आईपीओ निष्कासनका लागि बोर्डसँग अनुमति मागेको छ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहनेछ ।
२०. अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी
अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले पनि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ३३ लाख ७ हजार ५०० कित्ता सेयरका लागि बोर्डसँग अनुमति मागेको हो ।
२१. श्वेतगंगा हाइड्रोपावर
श्वेतगंगा हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ४७ लाख ७९ हजार कित्ता सेयर निष्काशनका लागि बोर्डसँग अनुमति मागेको हो ।
२२ दोर्दी खोला जलविद्युत कम्पनी
दोर्दी खोला जलविद्युत कम्पनीले आईपीओ निष्काशनको लागि बोर्डमा आवेदन दिएको छ । कम्पनीले २९ लाख ५१ हजार ९२९ कित्ता सेयर निष्कासन गर्दैछ ।
२३. विन्धवासिनी हाइड्रोपावर
विन्धवासिनी हाइड्रोपावरले आईपीओ निष्काशनको लागि बोर्डमा आवेदन दिएको छ । कम्पनीले २५ लाख कित्ता सेयरका लागि आवेदन दिएको हो । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धक सानिमा क्यापिटल रहनेछ ।
२४. हिमालयन हाइड्रोपावर कम्पनी
हिमालयन हाइड्रोपावर कम्पनीले पनि आईपीओ निष्काशनको लागि बोर्डमा आवेदन दिएको छ । कम्पनीले २२ लाख ५० हजार कित्ता सेयर निष्कासनको लागि बोर्डसँग अनुमति मागेको हो ।
२५ अपर हेवाखोला हाइड्रो पावर
अपर हेवाखोला हाइड्रो पावर कम्पनीले आईपीओ निष्काशनको लागि बोर्डमा आवेदन दिएको छ । कम्पनीले आयोजना प्रभावितका लागि ५ लाख र सर्वसाधारणका लागि १५ लाख कित्ता सेयर निष्काशनको लागि बोर्डमा आवेदन दिएका हो ।
२६. मन्दाकिनी हाइड्रोपावर
मन्दाकिनी हाइड्रोपावरले पनि आईपीओ निष्काशनको लागि बोर्डमा आवेदन दिएको छ । कम्पनीले १७ लाख ६४ हजार ११० कित्ता सेयरका लागि बोर्डसँग अनुमति मागेको हो ।