७ मंसिर, २०८१ शुक्रबार
03:00:43 AM
२३ फागुन, २०७८
सोमबार कूल २३० वटा कम्पनीको ५३ लाख १५ हजार २ सय ९२ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ६० करोड ९ लाख ३० हजार ४ सय ३ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
काठमाडौं
लामो समयपछि सेयर बजार बढेको छ । पछिल्लो समय निरन्तर घटिरहेको सेयर बजारमा सोमबार भने सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (सोमबार) सेयर कारोबार मापक नेप्से परिसूचक १.५४ अंकले बढेर २५४४.९३ विन्दुमा पुगेको छ । नेप्से ०.०६ प्रतिशतले बढेको हो ।यस्तै, सेन्सेटिभ परिसूचक पनि २.१४ अंकले घटेर ४९२.२६ विन्दुमा झरेको छ ।
सोमबार कूल २३० वटा कम्पनीको ५३ लाख १५ हजार २ सय ९२ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ६० करोड ९ लाख ३० हजार ४ सय ३ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । अघिल्लो कारोबार दिन आइतबार साढे २ अर्बको सेयर खरिदबिक्री भएको थियो। सोमबार कारोबार भएका १३ उपसमूहमध्ये ५ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ८ वटा उपसमूहको सेयर घटेको छ । सोमबार बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको सेयरमूलय सर्वाधिक बढेको छ । यस दिन बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको सयरमूल्य ५.८९ प्रतिशत बढेर ७ सय ३ रूपैयाँ पुगेको छ ।
त्यसैगरी, सोमबार सबैभन्दा बढी कारोबारमा हुनेमा शिवम् सिमेन्ट रहेको छ । कम्पनीको २७ करोड ६९ लाख ३२ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । सोमबार पाँचथर पावर कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ६.९० प्रतिशतले घटेर ४ सय १८ रूपैयाँ कायम भएको छ ।