४ जेठ, २०८१ शुक्रबार

07:35:39 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लुम्बिनी जनरल इन्स्योरेन्सको १ लाख २२ हजार कित्ता संस्थापक सेयर लिलामीमा

२३ फागुन, २०७८

कुमारी बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहको सेयर फागुन ३० गतेबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला

लुम्बिनी जनरल इन्स्योरेन्सको १ लाख २२ हजार कित्ता संस्थापक सेयर लिलामीमा

काठमाडौं
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर फागुन ३० गतेबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिने भएको छ ।  कुमारी बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहको १ लाख २२ हजार २ सय ८७ कित्ता सेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गर्न लागेको हो ।

उक्त सेयरको न्युनतम मूल्य प्रतिकित्ता २ सय ५० रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेस गर्नुपर्नेछ।  बोलपत्र पेस गर्दा न्यूनतम १० हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि बोलपत्र पेस गर्न सकिनेछ। उक्त लिलामी सेयरमा विद्यमान संस्थापक वा जोकोही योग्य व्यक्ति तथा संगठित संस्थाले बोलपत्र पेस गर्न सक्नेछन्। चैत्र १४ गतेसम्म उक्त संस्थापक सेयरको लागि बोलपत्र पेस गर्नुपर्ने छ ।
 
कम्पनीको संस्थापक सेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, नक्साल, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।