२ मंसिर, २०८१ आइतबार
07:46:36 AM
२३ फागुन, २०७८
संस्थापक समूहको सेयर मूल्य न्युनतम ६ सय ५० रूपैयाँ तोकिएको छ । उक्त सेयर खरिद गर्न चाहाने इच्छुक लगानीकर्ताहरुले न्युनतम ५ सय कित्तादेखि अधिकतममा सबै कित्ताको लागि चैत्र ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।
काठमाडौं
महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको छ । लघुवित्तले आज (फागुन २३ गते) देखि ५ हजार कित्ता संस्थापक समूहको सेयरहरू लिलाम बढाबढ गरी बिक्री गरेको हो ।
उक्त संस्थापक समूहको सेयर मूल्य न्युनतम ६ सय ५० रूपैयाँ तोकिएको छ । उक्त सेयर खरिद गर्न चाहाने इच्छुक लगानीकर्ताहरुले न्युनतम ५ सय कित्तादेखि अधिकतममा सबै कित्ताको लागि चैत्र ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको संस्थापक समूहको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।