२ मंसिर, २०८१ आइतबार

07:34:01 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा ४७ लाख १० हजार कित्ता बोनस सेयर सूचिकृत

२३ फागुन, २०७८

आइतबार नेप्सेमा र चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको बोनस सेयर सूचिकृत

नेप्सेमा ४७ लाख १० हजार कित्ता बोनस सेयर सूचिकृत

काठमाडौं
फागुन २२ गते (आइतबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । आइतबार नेप्सेमा र चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो । स्टकका अनुसार चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको ७.५ प्रतिशत बोनस बापतको ४७ लाख १० हजार ५ सय ५४ दशमलव ४२ कित्ता सेयर सूचिकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्ष ०७७/७८ को नाफाबाट सेयरधनीहरुका लागि चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ७.५ प्रतिशत नगद लाभांश गरी कूल १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।