२ मंसिर, २०८१ आइतबार

07:36:14 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा सामान्य अंकको गिरावट, सेन्सेटिभ परिसूचक वृद्धि

२२ फागुन, २०७८

नेप्सेमा सामान्य अंकको गिरावट, सेन्सेटिभ परिसूचक वृद्धि


काठमाण्डौं
साताको पहिलो दिन आइतवार नेप्से परिसूचक ३.६६ अंकले घटेको छ । नेप्से परिसूचक घट्दा पनि सेन्सेटिभ परिसूचक भने बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ३.६६ अंकले घटेर २५४३.३९ विन्दुमा झरेको छ । नेप्से ०.१४ प्रतिशतले घटेको हो । यसैगरी सेन्सेटिभ परिसूचक भने १.३१ अंकले बढेर ४९०.१३ विन्दुमा पुगेको छ । 

कूल २३० वटा कम्पनीको ५१ लाख ३९ हजार २ सय ३९ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ४९ करोड ३२ लाख ४१ हजार २ सय ७३ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ४ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ९ वटा उपसमूहको सेयर घटेको छ ।

आइतबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १५ करोड २२ लाख ८२ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । 

आइतबार मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । कम्पनीको सेयरमूल्य ७.८० प्रतिशतले बढेर प्रतिकित्ता ६ सय ६३ रूपैयाँ पुगेको छ । 

यसैदिन आईसीएफसी फाइनान्स कम्पनी लिमिटेडको संस्थापक सेयरको मूल्य सबैभन्दा धेरै घटेको छ ।