२२ बैशाख, २०८१ शनिबार

03:33:02 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बहराइनमा नेपाली उत्पादनको प्रवर्दन

२२ फागुन, २०७८

बहराइनमा नेपाली उत्पादनको प्रवर्दन

काठमाण्डौं

बहराइनमा पश्मिना शल, चिया, हस्तकलाका सामग्रीलगायत नेपाली उत्पादनको प्रवर्दन गरिएको छ । मनामास्थित नेपाली दूतावासले सोही स्थानमा ती सामग्रीको हालै प्रवर्दन गरेको हो । 

बहराइन अधिराज्यको बालबालिका तथा मातृ कल्याण समाजको संयोजकत्वमा सञ्चालित अन्तर्राष्ट्रिय राजदूतावास मेलामा नेपालले पहिलोपटक सहभागी भएर आफ्ना उत्पादन प्रवर्दन गरेको उक्त दूतावासले आइतबार जनाएको छ ।
 
कार्यक्रमका विशेष अतिथि बहराइनको राजपरिवारका सदस्य शेख लुल्वा विन्ट खलिफा अल खलिफाले नेपाल कक्षको अभिरुचिपूर्वक अवलोकन गरी पश्मिना शल तथा हस्तकलाका सामान खरिद गर्नुभएको थियो । अन्य आगन्तुकहरूले पनि नेपाल उत्पादनको प्रशंसा गर्दै चिया, पश्मिनालगायत सामग्री खरिद गर्नुभएको थियो ।

 कार्यक्रममा आगन्तुकलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने प्रवर्दनात्मक सामग्री पनि प्रदान गरिएको थियो । रासस