२२ बैशाख, २०८१ शनिबार

11:23:12 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्यले आकाश छोयो, एकैदिन प्रतितोला २ हजार बृद्धि

२२ फागुन, २०७८

सुनको मूल्यले आकाश छोयो,  एकैदिन प्रतितोला २ हजार बृद्धि

काठमाण्डौं  

सुनचाँदी बजारमा आइतबार छापावाल सुनको कारोबार मूल्य प्रतितोला १ लाख १ हजार ९ सय पुगेको छ । 

अघिल्लो दिन प्रतितोला  ९९ हजार ९ सयमा कारोबार भएको सुन आइतबार एकैदिन प्रतिताला २ हजारले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आइतबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ४ सय तोकिएको छ । सोको मूल्य गत शुक्रबार प्रतितोला  ९९ हजार ४ सय तोकिएको थियो । 

यसैगरी आइतबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला  ३५ ले बढेर १ हजार ४१५ पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । 

विश्व बजारमा सुनचाँदीको मूल्य बढेअनुसार नै आइतबार नेपालको बजारमूल्यमा प्रभाव परेको महासङ्घका अध्यक्ष मनिकरत्न शाक्यले बताउनुभयो । आइतबार अन्तर्राष्ट्रिय बजारमा सुनको प्रतिऔँस १ हजार ९ सय ७० डलर आसपास कारोबार भइरहेको छ ।