२ मंसिर, २०८१ आइतबार

07:29:00 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आइएमई जनरल इन्स्योरेन्सको हकप्रदमा आईतबार देखी आवेदन खुला

Nepal Business

२२ फागुन, २०७८

आइएमई जनरल इन्स्योरेन्सको हकप्रदमा आईतबार देखी आवेदन खुला

काठमाण्डौ । 
आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आइतवारदेखी हकप्रद सेयर निष्कासन तथा  बिक्री खुल्ला गरेको छ ।

कम्पनीले १ः०.४० अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले चुक्ता पूँजीको ४० प्रतिशत अर्थात ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३ सय ४४ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।


कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि फागुन १ गते, आइतबार एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, माघ २७ गते, बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।