२२ बैशाख, २०८१ शनिबार

10:54:48 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दुबो धागो बनाउने पेसाले दैनिक ७ सय आम्दानी

२१ फागुन, २०७८

दुबो धागो बनाउने पेसाले दैनिक ७ सय आम्दानी

कञ्चनपुर

कृष्णपुर नगरपालिका– २ खल्लागोठका अजव सिंह खड्का पुख्र्यौलीदेखि थालेको परम्परागत पेशालाई अगाडि बढाउँदै आउनुभएको छ । बुबा बाजेले सम्हालेको दुबो धागो बनाउने पेसालालाई ७१ वर्षीय खड्काले सम्हाल्दै आउनुभएको हो । डडेल्धुराको अमगरगढी नगरपालिका– ६ छचोडाबाट दुई दशकअघि बसाइँसराइ गरी यहाँ झर्नुभएका उहाँले दुबो धागो बनाउने कार्यलाई निरन्तरता दिँदै आउनुभएको छ ।

सुुदूरपश्चिमको संस्कृति अनुसार गौरापर्वमा महिलाले पुरुषले जनै धारण गरेझै दुबोधागो लगाउने गर्दछन् । दुबोधागोलाई धर्मशास्त्रमा सप्तम्या (सात ओटा धागोको डोरा) भनिन्छ । वैवाहिक संस्कारबाट मात्र शुद्ध नहुने हुँदा महिलाले दुबो धागो धारण गर्नुपर्ने चलन रहेको छ । गौरा पर्वको सप्तमीका दिन गौरालाई गौराघरमा भित्राएपछि महिलाहरुले दुबो धागो चढाउने र धारण गर्ने गर्दछन् । यसै दुबो धागो बनाउने कार्यमा खड्का छ दशकदेखि क्रियाशील रहदै आउनुभएको छ ।  

छचोडाका पूरै गाउँका बासिन्दाको कमाइको साधननै दुबो धागो बनाएर बेच्नुे रहेको थियो, खड्काले भन्नुभयो, जसबाट गाउँका बासिन्दाको वर्षभरिको खर्च चल्थ्यो । दुबो धागो बेचेर वर्षभरिका लागि अन्न खरिद गर्दथ्यौं । लत्ताकपडाको जोहोसमेत त्यसबाटै हुन्थ्यो । हाल युवाहरुले दुबो धागो बनाउने कार्य छाड्दै गएका छन् । 

पहाडमासमेत थोरैले मात्रै दुबो धागो बनाउछन् । तेह्र वर्षको छदै बुबाबाट दुबो धागो बनाउन सिकेको उहाँ बताउनुहुन्छ । तराई झरेपनि यस पेसालाई सम्हादै आएको उहाँ सगर्व सुनाउनुहुन्छ । भारतको नयाँ दिल्लीबाट उहाँले एक वर्षका लागि पुग्ने गरी ५० किलो धागो खरिद गरेर ल्याउनुहुन्छ । धागोलाई पँहेलो रातो र कालो रङग लगाएर दुबो धागो बनाउनुहुन्छ । रङ्गसमेत भारतबाटै ल्याउने गरिन्छ ।

दुबो धागो बनाउने कार्यबाट ९ जनाको परिवारको खर्च सहज रुपमा चलाउँदै आएको खड्काले बताउनुभयो । दुबो धागो बनाउने कार्यबाट परिवारको खर्च सहज रुपमा चलाउँदै आएको छु । यस पेसाबाट पाँच छोरा दुई छोरीको विवाह गरे । घरखर्च चलाएँ । चलाउँदै आएको छु ।

 दुबो धागो बनाएर बेचेर दैनिक ७ सय जति कमाइ हुने गरेको छ । दुबो धागो थोकमा बैतडी, डडेल्धुरा, कैलाली र कञ्चनपुरका व्यापारीले खरिद गर्ने गर्दछन् । 

दुबो धागो बनाउने कार्यबाट ९ जनाको परिवारको खर्च सहज रुपमा चलाउँदै आएको खड्काले बताउनुभयो । दुबो धागो बनाउने कार्यबाट परिवारको खर्च सहज रुपमा चलाउँदै आएको छु । यस पेसाबाट पाँच छोरा दुई छोरीको विवाह गरे । घरखर्च चलाएँ । चलाउँदै आएको छु । पैसाका लागि कहिले पनि अरु कहाँ हात थाप्नु परेन उहाँले भन्नुभयो, छोराहरुले आ–आफनै तरिकाले गरेर खाँदै छन् ।

बुढाबुढी हामी यही बेचेको पैसाले ठाँटले बसेर खाँदै छौं । लगाउँदै छौं । धागो र त्यसमा लगाउने रङ्ग ल्याउनका लागि खड्का आफै नयाँ दिल्ली पुग्ने गर्नुहुन्छ । दिल्लीका भारतीयहरुले पुरानो धागोको ग्राहक भएकाले आदरपूर्वक सम्मान गर्ने गरेको उहाँ बताउनुहुन्छ । 

जन्म मिति अनुसार नागरिकतमा जन्म मिति नलेखिँदा उमेर ७१ वर्ष पुगेपनि ज्येष्ठ नागरिक सुरक्षावापतको भत्ताको रकमबाट भने उहाँ वञ्चित हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, दुबो धागो बनाउने धागोमा भन्सार अधिक लाग्ने गरेको छ । सरकारले त्यो मिनाहा गरे यस पेसालाई सहज रुपमा अगाडि बढाउन सकिन्थ्यो ।

रातो, पहेँलो, कालो धागो मिसाएर बनाइएको दुबोधागो गौरादेवीमा अर्पण गरी, अभिषेक गरी गौरापर्वको सप्तमीका दिन लगाइने गरिन्छ । कसैसकैले अष्ठमीका दिन गौरा खलामा शिव पार्वतीको पूजाअर्चना पश्चात दुबो धागो लगाउने चलन छ ।  प्रत्येक वर्ष पूजा गरेर नयाँ दुबो धागो लगाउनुपर्ने चलन छ ।