८ मंसिर, २०८१ शनिबार

01:11:32 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सामाजिक सञ्जालमा सुरक्षा निकायका तस्वीर र भिडियाकोे दुरुपयोग, यस्ता गतिविधि पाइए खबर गर्न गृहको अनुरोध

२० फागुन, २०७८

सामाजिक सञ्जालमा सुरक्षा निकायका तस्वीर र भिडियाकोे दुरुपयोग, यस्ता गतिविधि पाइए खबर गर्न गृहको अनुरोध

काठमाडौँ,
गृह मन्त्रालयले सुरक्षा निकायका तस्वीर तथा भिडियो दुरुपयोग  भएको  जनाएको छ । भ्रामक एवं झुटा शिर्षक राखी सम्पादित सामग्री सामाजिक सञ्जालमामा राख्ने विरुद्ध कारवाही गर्ने मन्त्रालयले चेतावनी दिएको छ । 

यस्ता गतिविधिले समाजमा उत्तेजना र अफवाह फैलाउने, सामाजिक सद्भावमा खलल पुर्याउने भन्दै मन्त्रालयले यस्ता गतिविधि गरेको पाइएमा नजिकको प्रहरी वा प्रशासन कार्यालयमा खबर गर्न सर्बसाधारणमा आग्रह गरेको छ ।

यस्ता गतिविधिले समाजमा उत्तेजना र अफवाह फैलाउने, सामाजिक सद्भावमा खलल पुर्याउने भन्दै मन्त्रालयले यस्ता गतिविधि गरेको पाइएमा नजिकको प्रहरी वा प्रशासन कार्यालयमा खबर गर्न सर्बसाधारणमा आग्रह गरेको छ ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी प्रविधिको प्रयोग गरी युट्युव, टिकटकलगायतका सामाजिक सञ्जालमा भ्रामक एवं झुटा क्याप्सन राखी नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागसँग सम्बन्त्रीका भिडियो तथा तस्वीरहरु राखी प्रकाशन तथा शेयर गरी आफबाह फैलाउने प्रवृत्ति देखिएको जनाएको छ ।

मन्त्रालयले त्यस्ता व्यक्तिलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अन्तरगतको कसुरमा प्रचलित कानुन बमोविजम कारवाही हुने चेतावनी दिएको छ ।