३ जेठ, २०८१ बिहिबार

07:41:08 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा ६ कम्पनीको बोनस सेयर सूचिकृत, कुनको कति ?

२० फागुन, २०७८

नेप्सेमा कृषि विकास बैंक लिमिटेड, सिद्धार्थ बैंक लिमिटेड, प्राइम कमर्सियल बैंक लिमिटेड, सेञ्चुरी कमर्सियल बैंक लिमिटेड, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचिकृत

नेप्सेमा ६ कम्पनीको बोनस सेयर सूचिकृत, कुनको कति ?

काठमाडौं

यो साता नेप्सेमा ६ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा कृषि विकास बैंक लिमिटेड, सिद्धार्थ बैंक लिमिटेड, प्राइम कमर्सियल बैंक लिमिटेड, सेञ्चुरी कमर्सियल बैंक लिमिटेड, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो । 

१. कृषि विकास बैंक लिमिटेड

नेप्सेमा कृषि विकास बैंक लिमिटेडको २० प्रतिशत बोनस बापतको २ करोड १९ लाख ७९ हजार ८ सय ५९ दशमलव ६०४५ कित्ता सेयर सूचिकृत भएको हो । 

२. सिद्धार्थ बैंक लिमिटेड

सिद्धार्थ बैंक लिमिटेडको १४ दशमलव २५ प्रतिशत बोनस बापतको १ करोड ५६ लाख २१ हजार २ सय ७६।३६ कित्ता सेयर सूचिकृत भएको हो ।

३. प्राइम कमर्सियल बैंक लिमिटेड

प्राइम कमर्सियल बैंक लिमिटेडको १६ प्रतिशत बोनस बापतको २ करोड ५७ लाख ३२ हजार ८ सय ५९ दशमलव ०४ कित्ता सेयर सूचिकृत भएको हो ।

४. सेञ्चुरी कमर्सियल बैंक लिमिटेड

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको ५ दशमलव ७५ प्रतिशत बोनस बापतको ५१ लाख ९४ हजार ७ सय ९६ दशमलव ९६३९ कित्ता सेयर सूचिकृत भएको हो । 
 
गत पुस ३० गते बसेको कम्पनीको ११ औं वार्षिक साधारणसभाले बैंकको चुक्ता पूँजीको ५।७५ प्रतिशतले बोनस सेयर र कर प्रयोजनको लागि चुक्ता पुँजीको ० दशमलव ३० प्रतिशतले नगद गरी कुल ६ दशमलव ०५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव परित गरेको थियो ।

५. सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १२ दशमलव ७० प्रतिशत बोनस बापतको २८ लाख ७३ हजार ८ सय ७६ कित्ता सेयर सूचिकृत भएको हो ।  
 
कम्पनीको पुस १९ गते सम्पन्न १३ औं वार्षिक साधारण सभामा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२ दशमलव ७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ० दशमलव ६६८४ प्रतिशत नगद गरी कुल १३ दशमलव ३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको थियो ।

६.  नेप्सेमा प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड

नेप्सेमा प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको १४ दशमलव २५ प्रतिशत बोनस बापतको १५ लाख ३१ हजार २ सय ४८ कित्ता सेयर सूचिकृत भएको हो ।  

माघ २१ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १४ दशमलव २५ प्रतिशत बोनस सेयर र ० दशमलव ७५ प्रतिशत नगद लाभांश ९कर प्रयोजनार्थ० गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।