६ मंसिर, २०८१ बिहिबार
06:14:39 PM
२० फागुन, २०७८
तरलता बढ्यो भने ब्याजदर घट्छ र तरलता घट्यो भने ब्याजदर बढ्छ । यसर्थ तरलता, ब्याजदर र मुद्रास्फितिबीच अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । यसैगरी तरलतामा संकुचन आयो भने ब्याजदर बढ्छ र मुद्रास्फीतिमा दबाब कम हुन्छ । मुनाफा आर्जनमा तरलताको भूमिका रहन्छ ।
काठमाण्डौं । बैंक वित्तीय संस्था वा व्यक्तिसँग रहेको नगद सम्पति तरल सम्पति हो । निक्षेपकर्ताले मागेको सयममा नगद दिन सक्ने बैंकको क्षमतालाई तरलता भनिन्छ ।
तरलता बैंक तथा वित्तीय क्षेत्रको तत्काल लगानीयोग्य पूँजी हो । बैंकले विभिन्न बैंक तथा वित्तीय संस्था, संघसंस्था, कम्पनी वा व्यक्ति मार्फत चल्ती, बचत मुद्धती तीन खाता मार्फत निक्षेप स्वीकार गर्दछ । निक्षेपको रुपमा संकलन हुन आएको रकमलाई निक्षेपकर्ताले मागेको बखत ब्याज सहित भुक्तानी गर्नुपर्ने दायित्व बैंकले बोको हुन्छ ।
सानो पुँजी भएको बैंकले धेरै निक्षेप उठाउने र कर्जा पनि धेरै प्रवाह गर्ने गर्दा पनि तरलता जोखिम बढ्न सक्छ । किनभने सानो पुँजी भएको बैंकले जोखिमका समयमा निक्षेपकर्ताको निक्षेप फिर्ता गर्न सक्दैन ।
आम सर्वसाधारणले बैंकमा जम्मा गरेको निक्षेप, बैंक तथा वित्तीय संस्थाहरुले केन्द्रीय बैंकमा राखेको रकम, बजारमा खरिद–बिक्री भइरहने वित्तीय उपकरण र सुनचाँदीजस्ता बहुमूल्य धातुलाई तरलताको रुपमा लिइन्छ । यी वस्तुहरुमा अधिक तरलताको गुण रहेको हुन्छ । खर्चयोग्य रकमका रुपमा सजिलै रुपान्तरण गर्न सकिने अवस्थाको वित्तीय सम्पति बजारको तरलतामा पर्दछ ।
जतापनि प्रयोग गर्न सकिने, सबैबाट सर्बस्वीकार्य नगद जसको दैनिक रुपान्तरणको गति उच्च हुन्छ । नगद मुद्रालाई तरलताको प्रमुख साधन मानिन्छ । बैंकिङ्ग तरलता मुख्यतः ब्याजदर र मुद्रास्फितिको दरमा निर्भर गर्दछ । तरलता र ब्याजदरबीच नकरात्मक सम्बन्ध हुन्छ भने तरलता र मुद्रास्फितिबीच सकरात्मक सम्बन्ध हुन्छ ।
बजारमा तरलता बढ्यो भने ब्याजदर घट्छ र तरलता घट्यो भने ब्याजदर बढ्छ । यसर्थ तरलता, ब्याजदर र मुद्रास्फितिबीच अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । यसैगरी तरलतामा संकुचन आयो भने ब्याजदर बढ्छ र मुद्रास्फीतिमा दबाब कम हुन्छ । मुनाफा आर्जनमा तरलताको भूमिका रहन्छ ।
वर्तमान बजार न्युन तरलताको समस्याबाट ग्रसित छ । अनुत्पादक क्षेत्रमा बैंकहरुको लगानी बढ्नु र सरकारले विकास खर्च बढाउन नसक्नु नै नेपालमा पटक पटक दोहोरिरहने तरलता अभावका मूख्य कारकका रुपमा देखा परेका छन् । बैंकहरुले कर्जाको मागलाई मात्र ध्यान दिएर लगानी नगर्दा यो अवस्था आएको भन्नेमा मौद्रिक विज्ञहरु सहमत रहेको पाइन्छ ।
हाल नेपालको वर्तमान तरलताका समस्या सृजना गर्ने प्रमुख क्षेत्रमा रियल स्टेट परेको छ । बैंक तथा वित्तीय क्षेत्रले यस क्षेत्रमा अधिक लगानी गरिरहेका छन् जुन निरन्तर वा दैनिक उत्पादनबाट बाहिर छ ।
बैंकहरुको कुल निक्षेपमा संस्थागत निक्षेप बढी र सर्वसाधारणको निक्षेप कम छ ।
यो निक्षेपकर्ता र बैंक दुवैका लागि जोखिमपूर्ण अवस्था हो । त्यसैले संस्थागत निक्षेपकर्ताले एकैपटक निक्षेप झिके भने सम्बन्धित बैंकलाई तरलताको समस्या आउँछ । सानो पुँजी भएको बैंकले धेरै निक्षेप उठाउने र कर्जा पनि धेरै प्रवाह गर्ने गर्दा पनि तरलता जोखिम बढ्न सक्छ । किनभने सानो पुँजी भएको बैंकले जोखिमका समयमा निक्षेपकर्ताको निक्षेप फिर्ता गर्न सक्दैन ।
बजारमा कर्जाको माग बढेन र लगानी गर्ने वातावरण भएन भने बजारमा अधिक तरलताको समस्या हुन्छ । नेपालमा प्रायः बैशाख लागेपछि अधिक तरलताको समस्या देखिने गरेको छ । यस समयमा सरकारले वार्षिक रिपोर्टमा देखाउन कै लागि विकास खर्च बढाइरहेको हुन्छ, काम रातारात गरिन्छ । वर्षात् पनि यसै समयमा सुरु हुने भएकाले यस अवस्थामा अन्य भौतिक निर्माणका काम खासै गरिँदैन, जसकारण कर्जा माग कम हुन्छ ।
तरलता वा तरलताको समस्यामा रहेका संस्थाहरूले आफ्ना तत्काल भुक्तानी गनुपर्ने रकम फछ्र्योट गर्न सक्दैनन् । यसरी तरलताको समस्या दोहोरिरहे कच्चापदार्थहरूको आपूर्तिमा समस्या आउने हुन्छ । कुनै पनि निकाय ब्याजदर, मुद्राको बजारमा उपलब्धता तथा मुद्रास्फितिका कारण कालोसूचीमा समेत पर्ने खतरा रहन्छ । त्यस कारण न्यून तरलता अर्थतन्त्रमा समस्या सृजना गर्नेले कारक तत्व मानिन्छ ।
अधिक तरलताका कारण स्वदेशमा बचतको न्यून प्रतिफल हुने हुँदा पूँजी पलायनको अवस्था सिर्जना गर्छ ।
बजारमा तरलता न्युन हुनु मात्रै नभएर अधिक हुनु पनि समस्या नै हो । बजारमा मुनाफा आर्जन गर्न तरलताको योगदान वा भूमिका रहन्छ । तरलताको समस्यामा रहेका संस्थाहरूले आफ्ना तत्काल तिनुपर्ने तिरोहरू फछ्र्योट गर्न सक्दैनन् । यस्तो अवस्था दोहोरिरहे कच्चा पदार्थहरूको आपूर्तिमा समस्या विविध समस्या आउँदछन् । बैंकमा तरलता अभाव हुँदा कर्जा प्रवाहमा संकुचन आउँछ ।
उद्योग व्यवसायहरुले कर्जा नपाएपछि विकासका काम अघि बढ्न सक्दैन र अन्ततः समग्र अर्थतन्त्र नै प्रभावित बन्न पुग्छ । तरलता अभावका कारण निक्षेपको व्याज अस्वभावित रुपले बढ्न जान्छ । निक्षेप तान्ने होडबाजीमा बैंकहरुले सीमा नै नाघेर व्याजदर तोक्न थाल्छन् ।
निक्षेपमा दिने व्याजको खर्च उठाउनका लागि कर्जाको पनि व्याजदर बढ्न थाल्छ र ऋणीहरु प्रभावित बन्न थाल्दछन् । यस्तो अवस्थामा उद्यमीहरु निरुत्साहित बन्न पुग्दछन् भने बैंकहरुलाई कर्जा असुलीमा समेत समस्या पर्न सक्छ ।
अधिक तरलता पनि अर्थतन्त्रका लागि नकारात्मक पक्ष हो ।
बैंकहरुमा निक्षेप बढ्ने तर कर्जा नबढ्ने भयो भने बैंकहरुको व्याज खर्च बढ्न गई मुनाफा प्रभावित हुन पुग्दछ । फलस्वरुप बैंकहरुले निक्षेपको व्याजदर घटाउन थाल्दछन् र निक्षेपकर्ताहरु प्रभावित बन्न पुग्छन् । बजारमा कर्जाको पनि व्याजदर त घट्छ तर लगानीयोग्य वातावरणको अभावमा कर्जाको माग बढ्न सक्दैन र लगानी अनुत्पादक क्षेत्रतर्फ प्रवाहित हुन थाल्दछ ।
समग्र मूल्यस्तरमा वृद्धि हुनगई मुद्रास्फीतिको अवस्थासमेत सृजना हुन्छ । अधिक तरलताका कारण स्वदेशमा बचतको न्यून प्रतिफल हुने हुँदा पूँजी पलायनको अवस्था सिर्जना गर्छ । त्यसैगरी बैंकमा कम व्याज पाउने भएपछि सुपरीवेक्षण र निगरानीबाट टाढा रहेका सहकारी जस्ता संस्थाहरुमा निक्षेप जान्छ, जसले वित्तीय जोखिम निम्त्याउँछ ।