१६ बैशाख, २०८१ आइतबार

05:38:59 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राजधानीमा घरजग्गाको मूल्य आकसिदै

Nepal Business

२७ मंसिर, २०७८

उपत्यकामा मात्र वार्षिक ४२ प्रतिशत घरको माग

राजधानीमा घरजग्गाको मूल्य आकसिदै


काठमाण्डौं, मंसिर २७
नेपालको अन्य भूःभागको तुलनामा काठमाण्डौंमा जग्गाको मूल्य उच्च रहेको पाइन्छ । नेपाल सरकारको सबै मन्त्रालय यही रहेको र प्रशानिक काम गर्नका लागि राजधानीमा आउनु पर्दा मानिहरुको चाप बढेको देखिन्छ । 
नेपाल भूमि आवासका अनुसार नेपालमा वार्षिक १ लाख ४० हजार घरको माग रहेको छ । त्यसमध्ये ४२ प्रतिशत माग काठमाडौं उपत्यका रहेको छ । मागको तुलनाामा आपूर्ति निश्चित हुने हुदाँ जग्गाको मूल्य अधिक हुन पुग्दछ । काठमाडौंको उपत्यकाको दरबारमार्गको जग्गालाइ हेर्ने हो भने आनाकै २ करोडभन्दा माथि पर्न जान्छ । त्यस्तै बानेश्वरको जग्गालाई प्रति आना १ करोड २५ लाख पर्दछ । बानेश्वरमा ४ आना प्लट किनेर ४ हजार स्क्वायर फिटको भवन भाडामा बनाउँदा करिब ५ अर्ब ६ करोड खर्च लाग्छ ।
नेपालको राजधानी काठमाडौंमा जहाँ ७७ जिल्लाकै मानिस गुुणस्तरीय शिक्षा, स्वस्थ्य, रोजगार जस्ता अत्याआवश्यक सेवा सुविधा लागि थुप्रिने गर्छन् । समयसँगै उनीहरु यहीको वातावरणमा घुलमिल हुन्छन् र यही बस्ने लत लाग्छ जसको कारण यही घरजग्गा जोड्ने जमर्कोमा लाग्छन् । 
घरजग्गाको माग धेरै भए पश्चात मूल्यमा वृद्धि हुन जान्छ । यसैकारण काठमाण्डौं उपत्यकामा घरजग्गाको मूूल्य आकासिदै गएको हो ।