४ जेठ, २०८१ शुक्रबार

03:53:45 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्समा नेशनल लाइफको सेयरमूल्य समायोजन

२० फागुन, २०७८

नेप्सेले प्रतिकित्ता ८ सय ५७ रूपैयाँ १४ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ ।

नेप्समा नेशनल लाइफको सेयरमूल्य समायोजन

काठमाडौं
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेशनल लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन भएको छ ।  स्टकका अनुसार कम्पनीको १९ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ८ सय ५७ रूपैयाँ १४ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य एक हजार २० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । आइतबार यहि मूल्यको आधारमा कारोबार हुनेछ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस र सोको कर प्रयोजनको लागि १ प्रतिशत नगद गरी २० प्रतिशत लाभांश पारित गर्न फागुन २९ गते ३३ औं वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको ३३ औँ वार्षिक साधारण सभा फागुन २९ गते नेशनल लाइफ भवन, केन्द्रिय कार्यालय, लाजिम्पाट, काठमाडौँमा बिहान १०ः३० बजेदेखि अनलाइन मार्फत सुरू हुनेछ ।