४ जेठ, २०८१ शुक्रबार

02:57:02 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेष्डो लघुवित्तको आईपीओ मंगलबार बाँडफाँड हुने, ७७ हजार ४५६ जनाले मात्र सेयर पाउने

२० फागुन, २०७८

आइतबार ‘प्रि अलटमेन्ट’ सकेर मंगलबार सेयर बाँडफाँड गर्ने

नेष्डो लघुवित्तको आईपीओ मंगलबार बाँडफाँड हुने, ७७ हजार ४५६ जनाले मात्र सेयर पाउने

काठमाडौं
नेष्डो समृद्द लघुवित्तले निष्काशन गरेको साधारण सेयर (आईपिओ) मंगलबार बाँडफाँड हुने भएको छ । आइतबार ‘प्रि अलटमेन्ट’ सकेर मंगलबार सेयर बाँडफाँड गर्ने कम्पनीले जनाएको छ । कम्पनीले फागुन ११ गतेदेखि सर्वसाधारणलाई साधारण सेयर (आईपिओ) निष्काशन बिक्रि खुला गरेको थियो ।

 कम्पनीले प्रति कित्ता १०० अंकित दरले हुन आउने ८ करोड २८ लाख ७५ हजार बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता सेयर निष्काशन गरेको थियो । जस मध्ये ०.५ प्रतिशत अर्थात् १२ हजार ७ सय ५० कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ४१ हजार ४ सय ३७ कित्ता सामूहिक लगानी कोषको लागि छुट्याईएको थियो ।
 
भने बाँकि ७ लाख ७४ हजार ५ सय ६३ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरिएको थियो । आईपिओमा २५ लाख ९९ हजार ५९८ जना आवेदकबाट ३ करोड १ लाख १३ हजार ७ सय कित्ताको लागि आवेदन परेको छ । यो माग गरिए भन्दा ३८.८७ गुणा बढी हो ।

मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट आईपीओ बाँडफाँड हुने छ । गोलाप्रथाबाट आईपीओ बाँडफाँड हुँदा भाग्यमानी ७७ हजार ४ सय ५६ जनाले मात्र १० कित्ता सेयर पाउने छन् ।