३ जेठ, २०८१ बिहिबार

11:41:46 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

४ कम्पनीको २ लाख २१ हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने शुक्रबार अन्तिम दिन

२० फागुन, २०७८

लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य राखेर आवेदन दिन सक्नेछन्

४ कम्पनीको २ लाख २१ हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने शुक्रबार अन्तिम दिन

काठमाडौं
प्रुडेन्सियल क्यापटिल म्यानेजमेन्ट कम्पनी लिमिटेडको स्वामित्वमा रहेको ४ वटा कम्पनीको लिलामी सेयरमा आवेदन दिने आज (फागुन २० गते शुक्रबार) अन्तिम दिन रहेको छ । उक्त लिलामी सेयरमा आज (फागुन २० गते शुक्रबार) कार्यालय समयसम्म मात्र आवेदन दिन सकिनेछ । प्रुडेन्सियल क्यापटिल म्यानेजमेन्ट कम्पनी लिमिटेड आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल ग्रामीण विकास लघुवित्त र आईसीएफसी फाइनान्सको कुल २ लाख २१ हजार कित्ता संस्थापक सेयर लिलामीमा राखेको थियो ।

कम्पनीले फागुन १३ गतेदेखि नेशनल लाइफ इन्स्योरेन्सको १ लाख कित्ता, नेपाल लाइफ इन्स्योरेन्सको ५० हजार कित्ता, आइसीएफसी फाइनान्सको ४८ हजार कित्ता र नेपाल ग्रामीण विकास लघुवित्तको २३ हजार कित्ता सेयर लिलामीमा ल्याएको थियो । लगानीकर्ताहरूले नेशनल लाइफको सेयरमा न्यूनतम ३९० रुपैयाँ, नेपाल लाइफको सेयरमा ९०० रुपैयाँ, आइसीएफसी फाइनान्सको सेयरमा १९५ रुपैयाँ र नेपाल ग्रामीण विकास लघुवित्तको सेयरमा ३७५ रुपैयाँ न्यूनतम मूल्य राखेर आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य राखेर आवेदन दिन सक्नेछन् । लगानीकर्ताले बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल बबरमहलस्थित कार्यालयमा  निवेदन पेस गर्नुपर्नेछ । उक्त सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।