४ जेठ, २०८१ शुक्रबार

02:38:36 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ग्रीन भेन्चर्सको आईपीओमा आवेदन दिने शुक्रबार अन्तिम दिन

२० फागुन, २०७८

ग्रीन भेन्चर्सको आईपीओमा आवेदन दिने शुक्रबार अन्तिम दिन

काठमाडौं
ग्रीन भेन्चर्स लिमिटेडको आईपीआमा आपेदन दिने आज (शुक्रबार ) अन्तिम दिन रहेको छ । कम्पनीले फागुन २ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आइपीओ जारी गरेको हो । कम्पनीले सूचना जारी गर्दै आज (शुक्रबार) बैंकिङ समयपछि कम्पनीको आईपीओमा आवेदन दिने समय सकिने जानकारी दिएको हो ।

कम्पनीले पहिलो चरणमा जारी पूँजीको १० प्रतिशतले हुने प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।  कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात खिजिदेम्बा गाउँपालिका १ (साविक रगनी गाविस), ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका २ (साविक रगनी गाविस), ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका ३ (साविक खिजीचण्डेश्वरी गाबिस), ओखलढुङ्गा, लिखु गाउँपालिका ९ (साविक पोकली गाविस), ओखलढुङ्गा, लिखु तामाकोशी गाउँपालिका १ (साविक दरागाउँ गाविस), रामेछाप, लिखु तामाकोशी गाउँपालिका २ (साविक सपु गाविस), रामेछाप र उमाकुण्ड गाउँपालिका ७ (साबिक भुजि गाविस) रामेछाप जिल्लाका बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।

स्थानीयले आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरुले उक्त आईपीओमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, नयाँ बानेश्वर काठमाडौँ, ग्रीन भेन्चर्स लिमिटेड, पुतलीसडक, काठमाडौँ, लक्ष्मी बैंक लिमिटेड, मन्थली, रामेछाप, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, धोबिबजार, लिखु, रामेछाप, मेगा बैंक लिमिटेड, खिजिदेम्बा, ओखलढुङ्गा, मेगा बैंक लिमिटेड, मन्थली, रामेछापबाट आवेदन दिन सक्नेछन् ।