६ मंसिर, २०८१ बिहिबार
10:14:24 PM
१९ फागुन, २०७८
नेपाल विजनेश समाचारदाता
काठमाडौँ,
नेपालमा फेरि पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।
नेपाल आयल निगम सञ्चालक समितिको विहिबारको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य वृद्धि गर्ने निर्णय गरेको हो । राती १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर ५ रुपैयाँले मूल्य बढाउने निर्णय गरेको निगमले जनाएको छ ।
प्रतिलिटर ५ रुपैयाँले मूल्य बढाउने निर्णय गरेको निगमले जनाएको छ । यो पटक पनि खाना पकाउने ग्यासको मूल्य भने बढेको छैन
यो पटक पनि खाना पकाउने ग्यासको मूल्य भने बढेको छैन । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मुल्यमा भारी वृद्धि भएसँगै बढाउनुपरेको निगमले जनाएका छ ।
अब पेट्रोल खुद्रा मुल्य प्रतिलिटर रु १५० पुगेको छ। डिजल र मट्टितेल १३३ पुगेको छ। बढाएपछि १५ दिनको घाटा रु २५० करोड रहेको निगमले जनाएको छ ।