५ जेठ, २०८१ शनिबार

01:44:46 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपालकै ठुलो हाइड्रो एक्स्पो काठमाडौँमा हुँदै, यस्तो छ तयारी...?

१९ फागुन, २०७८

आगामी चैत १८ देखि २० गतेसम्म सञ्चालन हुने उक्त प्रदर्शनीको नारा ‘नेपालको जलविद्युतको बजारिकरण’ भन्ने रहेको छ

नेपालकै ठुलो हाइड्रो एक्स्पो काठमाडौँमा हुँदै, यस्तो छ तयारी...?

नेपाल विजनेश समाचारदाता,
काठमाडौँ, 

काठमाडौँमा हुन लागेको नेपालको सबैभन्दा ठुलो हाइड्रो एक्स्पो ‘हिमालयन हाइड्रो एक्स्पो २०२२’ को तयारी तिब्र पारिएको छ । 
काठमाडौँको भृकुटीमण्डपमा हुने एक्स्पोको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपा (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसले आयोजना गर्दैछ । 

सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । त्यसलाई टेवा पुर्याउने उद्देश्य प्रदर्शनीका रहेको आयोजकको भनाइ छ ।

आगामी चैत १८ देखि २० गतेसम्म सञ्चालन हुने उक्त प्रदर्शनीको नारा ‘नेपालको जलविद्युतको बजारिकरण’ भन्ने  रहेको छ । 
यसले जलविद्युतको बजार, व्यापार र लगानीको विकासमा सहयोग पुग्ने आशा गरिएको छ । इपानका अध्यक्ष कृष्णप्रसाद आचार्य जलविद्युतको लगानी वृद्धिमा जोड दिँदै प्रदर्शनी गर्न लागिएको बताउनुभयो ।

सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । त्यसलाई टेवा पुर्याउने उद्देश्य प्रदर्शनीका रहेको आयोजकको भनाइ छ ।

सय बढी कक्ष रहने प्रदर्शनीमा आधा भने विदेशी स्टल रहने छ । विभिन्न नयाँनयाँ प्रविधि र स्वचालित यन्त्रहरुको राखिनेछ । विद्युतीय सवारीको पनि प्रदर्शनी गरिने छ ।

एक्स्पोमा जलविद्युत् सम्बन्धीका धैरै चिजवस्तु प्रदर्शनी हुनेछ । यस्तै विभिन्न उत्पादन, यन्त्रउपकरणहरु, नयाँ प्रविधि र निर्माण कार्यसँग जोडिएका विविध जानकारीहरु रहने जनाइएको छ ।