२४ बैशाख, २०८१ सोमबार

09:25:16 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेको निराशाजनक परिणती

२७ मंसिर, २०७८

नेपाल स्टक एक्सचेञ्जले बताए अनुसार सोमबार नेप्से परिसूचक ७९.२३ अंकले घटेर २२८२ विन्दुमा झरेको छ । नेप्से ३.३६ प्रतिशतले घटेको हो । सेन्सेटिभ परिसूचक पनि १२.४७ अंकले घटेर ४३७.५९ विन्दुमा झरेको छ ।

नेप्सेको निराशाजनक परिणती


काठमाण्डौं, मंसिर २७
आज सोमवार पनि सेयर बजार ओरालै लाग्यो । केहीदिन अगाडिदेखि निरन्तर घट्न थालेको सेयर बजारले लगानीकर्ताहरुलाई निराश बनाउँदै लगिरहेको छ ।
नेपाल स्टक एक्सचेञ्जले बताए अनुसार सोमबार नेप्से परिसूचक ७९.२३ अंकले घटेर २२८२ विन्दुमा झरेको छ । नेप्से ३.३६ प्रतिशतले घटेको हो । सेन्सेटिभ परिसूचक पनि १२.४७ अंकले घटेर ४३७.५९ विन्दुमा झरेको छ । 
कूल २३३ वटा कम्पनीको ९६ लाख ७९ हजार ७२ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ९९ करोड ५६ लाख ४ हजार एक सय ७८ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज नबिल बैंक लिमिटेडको सर्वाधिक कारेबार भएको छ । बैंकको १८ करोड ३ लाख ५९ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । गोर्खाज फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । फाइनान्सको सेयरमूल्य ९.४७ अंकले बढेर ७ सय ७१ रूपैयाँ ९० पैसा पुगेको छ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीहरूले सबैभन्दा धेरै गुमाएका छन् । संस्थाको सेयरमूल्य ९.९९ अंकले घटेर एक हजार ६ सय ९३ रूपैयाँ ९० पैसामा झरेको छ ।