५ जेठ, २०८१ शनिबार

11:46:58 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आकासिँदै कच्चा तेलको मूल्य, युक्रेनमाथि रुस आक्रमणको प्रत्यक्ष प्रभाव पेट्रोलियम पदार्थमा

Nepal Business

१९ फागुन, २०७८

आकासिँदै कच्चा तेलको मूल्य,  युक्रेनमाथि रुस आक्रमणको प्रत्यक्ष प्रभाव पेट्रोलियम पदार्थमा

नेपाल विजनेश समाचारदाता,
काठमाडौँ,

युक्रेनमाथि रुसको लगातार आक्रमणको प्रत्यक्ष प्रभाव कच्चा तेल (पेट्रोलियम पदार्थ) मा परेको छ । 
तेलको मुल्य दैनिक रुपमा आकासिंदै गएको छ । विश्वको धेरै तेल निर्यात गर्ने मुलुक मध्य एक हो रुस हो । रुसले तेल निर्यातमा विश्वमै तेस्रो र ग्याँसमा दोस्रो मुलुकको पहिचान बोकेको छ ।

विश्व कै झण्डै १० प्रतिशत तेलको माग रुसले धानिरहेको जनाइन्छ । अहिले द्धन्द्धको समयमा हतियारमा प्रयोग गर्नका लागि तेल लुकाएको आरोप रुस माथि लागेको छ । 

विश्व कै झण्डै १० प्रतिशत तेलको माग रुसले धानिरहेको जनाइन्छ । अहिले द्धन्द्धको समयमा हतियारमा प्रयोग गर्नका लागि तेल लुकाएको आरोप रुस माथि लागेको छ । अमेरिकालगायत अन्य पश्चिमा मुलुकले उक्त आरोप लगाउँदै आएको छ । 

यसरी रुसले युक्रेनमाथि गरेको हमलाको प्रत्यक्ष असर नेपालमा समेत परिसकेको छ । हालै मात्रै इन्डियन आयल कर्पाेरेशनले तेल बढेको मूल्य सूचि नै पठाइसकेको छ भने अन्तराष्ट्रिय बजारमा बढिरहेकाले नेपालमा मूल्य अझै बढ्ने अनुमान गर्न सकिन्छ । 

यसरी रुसले युक्रेनमाथि गरेको हमलाको प्रत्यक्ष असर नेपालमा समेत परिसकेको छ

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षमा मात्रै एक खर्ब ३० अर्बभन्दा बढीको तेल आयात भइसकेको छ । नेपालमा आयात हुने वस्तु मध्ये तेल सबैभन्दा धेरै हो ।

 अहिले विश्व बजारमा कच्चा तेलको मुल्य प्रतिव्यारेल ११७ डलर पुगिसकेको छ । अघिल्लो दिनको तुलनामा नै भण्डै ३ दशमलव ६० प्रतिशत बढेको र यो क्रम जारी रहेको जनाइएको छ ।