४ जेठ, २०८१ शुक्रबार

02:46:06 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

यो साता ११४.४ अंकले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए १ खर्ब ६२ अर्ब बढी

१९ फागुन, २०७८

यो साता १० अर्ब ४५ करोड रुपियाँको कारोबार

यो साता ११४.४ अंकले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए १ खर्ब ६२ अर्ब बढी

काठमाडौं
यो साता सेयर बजारमा जम्मा ३ दिनमात्र कारोबार भएको छ । सातामा ५ दिन कारोबार हुने सेयर बजार यो साता २ दिन सार्वजनिक विदा परेकाले ३ दिन मात्र खुलेको हो । सेयर बजार खुलेर कारोबार भएका ३ नै दिनमा बजारमा गिरावट आएको छ। कारोबार भएको ३ दिनमा नेप्से परिसूचक ११४.४० अंकले घटेको छ ।

गत साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २६६१.४४ विन्दुमा बन्द भएको थियो । यो साता नेप्से परिसूचक २५४७.०४ विन्दुमा बन्द भएको छ । यो साताभर नेप्से ११४.४ अंकले घटेको हो । यो साता १० अर्ब ४५ करोड रुपियाँको कारोबार भएको छ । यो साता औसतमा ७५ लाख कित्ता सेयर किनबेच भएको छ । साताको ३ कारोबार दिनमा औसत ३ अर्ब ५१ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन ४ अर्ब बढीको सेयर खरिद बिक्री भएको थियो।

यो साता लगानीकर्ताको सम्पत्ति १ खर्ब ६२ अर्ब २ करोड रुपैयाँले घटेको छ। गत साताको अन्तिम कारोबारपछि ३७ खर्ब ६९ अर्ब ६३ करोड रुपैयाँ रहेको कुल बजार पुँजीकरण यो साता ३६ खर्ब ७ अर्ब ६० करोड रुपैयाँमा सीमित रहेको छ। गत साताको तुलनामा यो साता लगानीकर्ताले ४.३० प्रतिशत पुँजी गुमाएका छन् ।