६ जेठ, २०८१ आइतबार

11:13:13 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कोभिडबाट अधुरा रहेका योजनाका लागि समपूरक बजेट

१९ फागुन, २०७८

२५ गाउँपालिकामा कोभिडका कारण प्रभावित भएका योजनाका लागि सो बजेट उपलब्ध गराउन लागेको

कोभिडबाट अधुरा रहेका योजनाका लागि समपूरक बजेट

काठमाण्डौं

बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहबाट कार्यान्वयन भइरहेका अधुरा योजनाका लागि समपूरक योजनाअनुरुप चार करोड ६८ लाख ४५ हजार भुक्तानी दिने निर्णय गरेको छ ।

प्रदेशका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण खनालले बैठकले २५ गाउँपालिकामा कोभिडका कारण प्रभावित भएका योजनाका लागि सो बजेट उपलब्ध गराउन लागेको जानकारी दिनुभयो ।
 
साथै बैठकले प्रदेश सरकारको सार्वजनिक खर्चको  मापदण्ड २०७८ पारित गरी कार्य विधिसमेत बनाएको जनाएको छ । सबै मन्त्रालयमा खर्चमा एकरुपता होस् र प्रभावकारी होस् भन्ने उद्देश्यले कार्यविधि निर्माण गरिएको प्रवक्ता खनालले बताउनुभयो । 

यस्तै बैठकले प्रदेश पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत भइरहेको कामलाई अख्तियारी दिने पनि निर्णय गरेको  उहाँले बताउनुभयो ।