३ जेठ, २०८१ बिहिबार

10:27:08 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आज (बिहीबार) सेयर बजार बन्द रहने

१९ फागुन, २०७८

आज (बिहीबार) सेयर बजार बन्द रहने

काठमाडौं
आज (बिहीबार) सेयर बजार बन्द रहने भएको छ। सरकारले शेर्पा समुदायको ग्याल्पो ल्होसारका अवसरमा देशभर सार्वजनिक बिदा दिएकोले बिहीबार सेयर बजार बन्द रहने भएको हो।  हिजो (बुधबार)  गृह मन्त्रालयले ग्याल्पो ल्होसारका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। त्यसैले आज (बिहीबार) सेयर बजार बन्द हुने भएको हो ।

यो साता सेयर बजार जम्मा ३ दिन मात्र खुलेको छ । ३ दिन नै सेयर बजार घटेको छ । कारोबारको अघिल्लो दिन अर्थात् बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ६३.९८ अंकले घटेर २५४६.६० विन्दुमा पुगेको थियो ।  नेप्से २.४५ प्रतिशतले घटेको थियोे । यसैगरी सेन्सेटिभ परिसूचक ११.५२ अंकले घटेर ४८८.६९ विन्दुमा पुगेको थियो ।

 बुधबार कूल २२८ वटा कम्पनीको ७६ लाख ५२ हजार २ सय ४ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ६२ करोड ११ लाख ४३ हजार ९ सय ७९ रूपैयाँ बराबरको कारोबार भएको थियो । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको थियो ।