१५ बैशाख, २०८१ शनिबार

04:56:28 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भूमिको निस्सा पाए भरतपुरका सुकुम्बासीले, जग्गा नापजाँच जारी, छिट्टै पूर्जा पाउने आशा

१९ फागुन, २०७८

भूमिको निस्सा पाए भरतपुरका सुकुम्बासीले, जग्गा नापजाँच जारी, छिट्टै पूर्जा पाउने आशा

चितवन, 
चितवनको भरतपुर महानगरमा लालपुर्जा वितरण प्रक्रियाका लागि भूमिको निस्सा वितरण कार्य तीव्र पारिएको छ । राष्ट्रिय भूमि आयोग चितवनको सहकार्यमा भरतपुर महानगरले यतिवेला धमाधम २, ६, ११, १२, १३, १४, २१, २४ र २९ वडा गरी ९ वटा वडामा निस्सा वितरणसँगैँ जग्गा नापचाज शुरु गरेको छ । 

राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष बद्री तिमिल्सिनाले सोही अभियान  अन्र्तगत बुधबार भरतपुर २९ का भूमिहिनलाई भूमि छिटो वितरण गर्ने प्रक्रिया अनुसार  निस्सा वितरण सुरु गरेको जानकारी दिनुभयो ।

राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष बद्री तिमिल्सिनाले सोही अभियान  अन्र्तगत बुधबार भरतपुर २९ का भूमिहिनलाई भूमि छिटो वितरण गर्ने प्रक्रिया अनुसार  निस्सा वितरण सुरु गरेको जानकारी दिनुभयो ।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, उपमेयर पार्वती शाह, राष्ट्रिय भुमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिना वडा २९  वडा अध्यक्ष मानबहादुर मगरले संयुक्त रुपमा भूमिको निस्सा कागज वितरणसगैँ जग्गाको नापजाच सुरु गर्नुभएको छ ।

आयोगका अनुसार यहाँ  ११ सय ६० जना बढीलाई निस्सा प्रदान गरिएको छ । निस्सा पाएपछि आफूहरूको माग पूरा हुनेमा विश्वस्त रहेको सुकुम्बासीहरूले बताएका छन् । अब हाम्रो भन्न पाइने भयो भन्दै नेताहरूले बोलेको कुरा पूरा गर्न लागेको भन्दै खुसी व्यक्त गरेका थिए ।
आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले भूमिहिन मुक्त अभियान जारी रहेको भन्दै ढुक्क साथ नाँपजाँच अभियानमा सरिक हुन आग्रह गरे । यस्तै उनले प्रचण्डकै कारण चितवनमा विकास भएको भन्दै  निस्सा वितरण कार्य समेत छिटो गराउन प्रचण्डको विशेष भूमिका रहेको स्पष्ट पारे । 
चितवनको भरतपुर महानगरमा मात्रै १० हजार २९, कालिका नगरमा पाँच हजार ५५९ र माडीनगरमा पाँच हजार ४५६ दलित, भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेले लालपुर्जाको माग गर्दै निवेदन दिएका छन् ।