८ मंसिर, २०८१ शनिबार

01:47:13 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सरकारले दिने भयो 'ज्येष्ठ पत्रकारवृत्ति, त्यसका लागि ६५ वर्ष पुग्नुपर्ने (कति वर्षका लागि कति रकम ? )

१८ फागुन, २०७८

सरकारले दिने भयो 'ज्येष्ठ पत्रकारवृत्ति, त्यसका लागि ६५ वर्ष पुग्नुपर्ने (कति वर्षका लागि कति रकम ? )

नेपाल विजनेश समाचारदाता,
काठमाडौँ,

सरकारले  ६५ वर्षमाथिका पत्रकारलाई 'ज्येष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने निर्णय गरेका छ ।

नेपाल पत्रकार महासंघको लामो पहलपछि सरकारले ज्येष्ठ पत्रकारलाई ‘ज्येष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने निर्णय गरेकोमा नेपाल पत्रकार महासंघ उक्त निर्णयको स्वागत गरेको छ 

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको सचिवस्तरीय निर्णयबाट  ज्येष्ठ पत्रकारलाई ‘पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड–२०७८’ अनुसार 'ज्येष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने निर्णय गरेको हो । उक्त निर्णयको नेपाल पत्रकार महासंघले स्वागत गरेको छ ।
  
नेपाल पत्रकार महासंघको लामो पहलपछि सरकारले ज्येष्ठ पत्रकारलाई ‘ज्येष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने निर्णय गरेकोमा नेपाल पत्रकार महासंघ उक्त निर्णयको स्वागत गर्दै त्यसको पूर्ण कार्यान्वयन हुनेमा विश्वस्त रहेको महासंघले बुधबार विज्ञप्ति जारी गरी जनाएको छ। 

नेपाल पत्रकार महासंघले विगत लामो समयदेखि ६५ वर्षमाथिका पत्रकारलाई पत्रकार वृत्ति उपलब्ध गराउन सरकारलाई लिखित दबाब र सुझाव दिँदै आएको थियो ।

यद्यपि सरकारको यो निर्णय स्वागत योग्य भए पनि ‘पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड–२०७८’ का कतिपय प्रावधान सरलीकृत गर्न जरुरी रहेकोले महासंघ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ । 

कति वर्षकाले कति रकम पाउँछन् ?

उक्त निर्णयअनुसार ६५ वर्षदेखि ६९ वर्ष उमेर समुहका ज्येष्ठ पत्रकारलाई मासिक ५ हजार, ७० देखि ७५ वर्षसम्म मासिक ७ हजार, ७६ देखि ८० वर्षसम्मका ज्येष्ठ पत्रकारलाई  मासिक १० हजार र ८१ वर्षभन्दा बढी उमेर समुहका ज्येष्ठ पत्रकारलाई मासिक १५ हजारका दरले ज्येष्ठ पत्रकार वृत्ति’ उपलब्ध गराउने भएको छ ।