३ जेठ, २०८१ बिहिबार

05:06:24 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बुधबार नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचिकृत, कुनको कति ?

१८ फागुन, २०७८

बुधबार नेप्सेमा सेञ्चुरी कमर्सियल बैंक लिमिटेड, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र , प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचिकृत

बुधबार नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचिकृत, कुनको कति ?

काठमाडौं
बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । बुधबार नेप्सेमा सेञ्चुरी कमर्सियल बैंक लिमिटेड, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो । बुधबार नेप्सेमा सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको ५.७५ प्रतिशत बोनस बापतको ५१ लाख ९४ हजार ७ सय ९६ दशमलव ९६३९ कित्ता सेयर सूचिकृत भएको हो ।  

गत पुस ३० गते बसेको कम्पनीको ११ औं वार्षिक साधारणसभाले बैंकको चुक्ता पूँजीको ५.७५ प्रतिशतले बोनस सेयर र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.३० प्रतिशतले नगद गरी कुल ६.०५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव परित गरेको थियो ।

त्यस्तै, नेप्सेमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १२.७० प्रतिशत बोनस बापतको २८ लाख ७३ हजार ८ सय ७६ कित्ता सेयर सूचिकृत भएको हो ।   कम्पनीको पुस १९ गते सम्पन्न १३ औं वार्षिक साधारण सभामा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६६८४ प्रतिशत नगद गरी कुल १३.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको थियो ।

त्यस्तैगरी, नेप्सेमा प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको १४.२५ प्रतिशत बोनस बापतको १५ लाख ३१ हजार २ सय ४८ कित्ता सेयर सूचिकृत भएको हो ।  माघ २१ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।