३ जेठ, २०८१ बिहिबार

10:43:17 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आईपिओ निष्कासनको पर्खाइमा २६ कम्पनी, कुनको कति ?

१८ फागुन, २०७८

यी सबै कम्पनीहरुले धितोपत्र बोर्डबाट अनुमति पाएपछि मात्र आईपिओका लागि आवेदन खुल्ला गर्न पाउनेछन् ।

आईपिओ निष्कासनको पर्खाइमा २६ कम्पनी, कुनको कति ?

काठमाडौं

आईपीओको अनुमति माग्दै हालसम्म २६ वटा कम्पनीहरुले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । नेपाल धितोपत्र बोर्डका तत्कालिन अध्यक्ष भिष्मराज ढुंगाना सर्वोत्तम सिमन्टको सेयर प्रकरणमा मुछिएपछि उहाँलाई सरकारले निलम्बन गरेको थियो । ढुंगानालाई निलम्बन गरेसँगै धितोपत्र बोर्ड अध्यक्ष विहीन भएको थियो । सोही अवधिमा आईपीओ निष्काशनाको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा दिइएको निवेदन त्यतिकै थन्किएको थियो । हालै बोर्डले नयाँ अध्यक्ष पाएको छ ।

कतिपय कम्पनीहरुले आईपिओ निष्कासन गर्नका लागि अनुमति पाएसँगै निष्कासन पनि गरिरहेका छन भने कति कम्पनीले आईपिओ निष्काशनको लागि अनुमतिको पर्खाइमा रहेका छन् । आईपीओ निष्काशनको पर्खाइमा रहेका कम्पनीहरु निम्न रहेका छन् ।

१. मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेड

मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपिओ) निष्कासन गर्नका लागि साउन १ गते धितोपत्र बोडमा निवेदन दिएको छ । कम्पनीले ३५ करोड ३१ लाख रुपैयाँ बराबरको ३५ लाख ३१ हजार कित्ता साधारण सेयर (आईपिओ) निष्कासन गर्न लागेको हो । कम्पनीले आईपिओ निष्कासन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

२. रिलायवल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

रिलायवल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण शेयर (आईपिओ) निष्कासनका लागि साउन १२ गते धितोपत्र बोडमा निवेदन दिएको छ । कम्पनीले ६० लाख कित्ता साधारण सेयर (आईपिओ) निष्कासन गर्न लागेको हो । कम्पनीको आईपिओ निष्कासन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ।

३.थ्रि स्टार हाइड्रोपावर कम्पनी लिमिटेड

थ्रि स्टार हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपिओ) निष्कासनका लागि धितोपत्र बोर्डमा साउन १७ गते निवेदन दिएको छ । कम्पनीले १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरका १२ लाख ३१ हजार २५० कित्ता आईपिओ निष्कासन गर्न लागेको हो । कम्पनीको आईपिओ निष्कासन तथा विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

४. सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेड

सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडले आईपिओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता आईपिओ निष्कासन तथा विक्री खुला गर्नका लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीको आईपिओ निष्कासन तथा विक्री प्रवन्धकको काम बोक क्यापिटल मार्केट लिमिटेड गर्नेछ।

५.कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनी लिमिटेड

कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनी लिमिटेडले आईपिओ निष्कासनका लागि साउन ३२ गते बोर्डमा अनुमति मागेको छ । कम्पनीले २ करोड ४३ लाख ७३ हजार ५०० रुपैयाँ बराबरको २ लाख ४३ हजार ७३५ कित्ता आईपिओ निष्कासन गर्नका लागि अनुमति मागेको हो । कम्पनीको आईपिओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमवी क्यापिटल लिमिटेड रहेको छ।

६. इष्ट्रन हाइड्रोपावर कम्पनी लिमिटेड

इष्ट्रन हाइड्रोपावर कम्पनी लिमिटेडले आईपिओ निष्कासन लागि मंसिर २४ गते धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले १२ करोड ४० लाख रुपैयाँ बराबरको १२ लाख ४० हजार कित्ता आईपिओ निष्कासन गर्न लागेको हो । कम्पनीको आईपिओ निष्कासन तथा विक्री प्रबन्धकको काम एनएमवी क्यापिटलले गर्नेछ ।

७. आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड

आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपिओ निष्कासनका लागि असोज २० गते बोर्डमा अनुमति मागेको छ । कम्पनीले ६० लाख रुपैयाँ बराबरको ६० हजार कित्ता आईपिओ निष्कासनका लागि बोर्डमा अनुमति मागेको हो । कम्पनीको आईपिओ निष्कासन तथा विक्री प्रबन्धकमा बोक क्यापिटल मार्केट लिमिटेड रहेको छ।

८. सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेड

सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडले आईपिओ निष्कासनका लागि मंसिर २० गते धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता आईपिओ निष्कासनका लागि मंसिर २० गते बोर्डमा निवेदन दिएको हो । कम्पनीको आईपिओ विक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ ।

९. सान्जेन जलविद्युत कम्पनी लिमिटेड

सान्जेन जलविद्युत कम्पनी लिमिटेडले आईपिओ निष्कासनका लागि मंसिर २० गते धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ३६ करोड ५० लाख रुपैयाँ बराबरको ३६ लाख ५० हजार कित्ता आईपिओ निष्कासन तथा बिक्री खुला गर्न लागेको हो । कम्पनीको आईपिओ निष्कासन तथा बिक्री प्रबन्धकको काम सिटिजन इनभेष्टमेन्टले गर्नेछ ।

१०. रसुवागढी हाईड्रोपावर कम्पनी लिमिटेड

रसुवागढी हाईड्रोपावर कम्पनी लिमिटेडले आईपिओ निष्कासन गर्न पुस २३ गते धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको ६८ लाख ४२ हजार १०० कित्ता आईपिओ निष्कासन तथा बिक्री खुला गर्न लागेको हो । कम्पनीको आईपिओ निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।

११. पिपुल्स पावर कम्पनी लिमिटेड

पिपुल्स पावर कम्पनी लिमिटेडले आईपिओ निष्कासन गर्न पुस २७ गते  धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ३० करोड ९९ लाख ७४ हजार रुपैयाँ बराबरको ३० लाख ९९ हजार ७४० कित्ता आईपिओ निष्कासन गर्न लागेकोे हो । कम्पनीको आईपिओ निष्कासन तथा विक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।

१२.रिभर फल्स पावर लिमिटेड

रिभर फल्स पावर लिमिटेडले पनि आईपिओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । ३४ लाख ३० हजार कित्ता सेयर निष्काशन गर्ने लागेको हो । कम्पनीको आईपिओ निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

१३. एशियन हाइड्रोपावर कम्पनी लिमिटेड

एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले आईपिओ निष्कासनका लागि पुस ११ गते धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ११ करोड ८० लाख रुपैयाँ बराबरको ११ लाख ८० हजार कित्ता सेयर निष्काशन गर्ने लागेको हो । कम्पनीको आईपिओ निष्कासन तथा विक्री प्रबन्धक एनएमवी क्यापिटल रहेको छ ।

१४. सयपत्री हाइड्रोपावर

सयपत्री हाइड्रोपावरले पनि आईपिओ निष्कासनका लागि बोर्डमा निवेदन दिएको छ । कम्पनीले ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता सेयर निष्काशन गर्ने लागेको हो। कम्पनीको आईपिओ निष्कासन तथा विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल रहेको छ ।

१५. उपकार लघुवित्त

उपकार लघुवित्तले पनि आइपिओ निष्कासन गर्ने जनाएको छ । यस कम्पनीले २ करोड ६६ लाख २५ हजार बराबरका २ लाख ६६ हजार २५० कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीको आईपिओ निष्कासन तथा विक्री प्रबन्धक नेपाल एसबिआइ मेर्चेन्ट रहेको छ ।

१६. आइएमई लाइफ इन्स्योरेन्स

आइएमई लाइफ इन्स्योरेन्सले आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले ६० लाख कित्ता आइपिओ निष्काशनको लागि बोर्डमा निवेदन दिएको छ । यसको निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।

१७. राप्ती हाइड्रो जनरल कन्ट्रक्सन

राप्ती हाइड्रो जनरल कन्ट्रक्सनले आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले २९ लाख ४१ हजार ४१० कित्ता आइपिओ निष्कासनका लागि बोर्डसँग अनुमति मागेको छ । कम्पनीको आईपिओ निष्कासन तथा विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।

१८. सिवाइसि नेपाल लघुवित्त

सिवाइसि नेपाल लघुवित्तले आइपिओ निष्कासन गर्ने भएको छ । लघुवित्तले ३ लाख ९५ हजार ३३६ कित्ता आइपिओ निष्कासनको लागि बोर्डसँग अनुमति मागेको छ ।

१९. डिशहोम

डिशहोमले पनि आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले २३ करोड ८५ लाख ९२ हजार ९०० बराबरको २३ लाख ८५ हजार ९२९ कित्ता आइपिओ निष्कासनका लागि बोर्डसँग अनुमति मागेको छ । कम्पनीको आईपिओ निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहनेछ ।

२०. अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी

अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले पनि आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले ३३ लाख ७ हजार ५०० कित्ता सेयरका लागि बोर्डसँग अनुमति मागेको हो ।

२१. श्वेतगंगा हाइड्रोपावर

श्वेतगंगा हाइड्रोपावरले आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले ४७ लाख ७९ हजार कित्ता सेयर निष्काशनका लागि बोर्डसँग अनुमति मागेको हो ।

२२. दोर्दी खोला जलविद्युत कम्पनी

दोर्दी खोला जलविद्युत कम्पनीले आईपीओ निष्काशनको लागि बोर्डमा आवेदन दिएको छ । कम्पनीले २९ लाख ५१ हजार ९२९ कित्ता सेयर निष्कासन गर्दैछ ।

२३. विन्धवासिनी हाइड्रोपावर

विन्धवासिनी हाइड्रोपावरले आईपीओ निष्काशनको लागि बोर्डमा आवेदन दिएको छ । कम्पनीले २५ लाख कित्ता सेयरका लागि आवेदन दिएको हो । कम्पनीको आईपिओ निष्कासन तथा विक्री प्रबन्धक सानिमा क्यापिटल रहनेछ ।

२४. हिमालयन हाइड्रोपावर कम्पनी

हिमालयन हाइड्रोपावर कम्पनीले पनि आईपीओ निष्काशनको लागि बोर्डमा आवेदन दिएको छ । कम्पनीले २२ लाख ५० हजार कित्ता सेयर निष्कासनको लागि बोर्डसँग अनुमति मागेको हो ।

२५. अपर हेवाखोला हाइड्रो पावर

अपर हेवाखोला हाइड्रो पावर कम्पनीले आईपीओ निष्काशनको लागि बोर्डमा आवेदन दिएको छ । कम्पनीले आयोजना प्रभावितका लागि ५ लाख र सर्वसाधारणका लागि १५ लाख कित्ता सेयर निष्काशनको लागि बोर्डमा आवेदन दिएका हो ।

२६. मन्दाकिनी हाइड्रोपावर

मन्दाकिनी हाइड्रोपावरले पनि आईपीओ निष्काशनको लागि बोर्डमा आवेदन दिएको छ । कम्पनीले १७ लाख ६४ हजार ११० कित्ता सेयरका लागि बोर्डसँग अनुमति मागेको हो ।

यी सबै कम्पनीहरुले धितोपत्र बोर्डबाट अनुमति पाएपछि मात्र आईपिओका लागि आवेदन खुल्ला गर्न पाउनेछन् ।