३ जेठ, २०८१ बिहिबार

01:09:04 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजारमा भारी गिरावट, सबैभन्दा धेरै गुुमाउने फाइनान्स कम्पनी

१८ फागुन, २०७८

सेयर बजारमा भारी गिरावट, सबैभन्दा धेरै गुुमाउने फाइनान्स कम्पनी


काठमाण्डौं

साताको चौथौं दिन बुधबार सेयर बजारमा भारी अंकको गिरावट आएको छ । गत हप्ताको बुधबारदेखि ओरालो लागेको नेप्सेले आज पनि निरन्तरता दिएको छ । अघिल्लो हप्ताको  मंगलबार नेप्से दोहोरो अंकले बढेको थियो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ६३.९८ अंकले घटेर २५४६.६० विन्दुमा पुगेको छ । नेप्से २.४५ प्रतिशतले घटेको हो । यसैगरी सेन्सेटिभ परिसूचक ११.५२ अंकले घटेर ४८८.६९ विन्दुमा झरेको छ ।

कूल २२८ वटा कम्पनीको ७६ लाख ५२ हजार २ सय ४ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ६२ करोड ११ लाख ४३ हजार ९ सय ७९ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये सबै वटा उपसमूहको सेयर घटेको छ । सबैभन्दा धेरै फाइनान्स समूह घटेको छ । बुधबार  नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कारोबार उच्च छ । कम्पनीको १६ करोड १८ लाख रूपैयाँ बराबरको कारोबार भएको हो ।

बुुधबारै रिलायन्स लाइफ इन्स्योरेन्सको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । कम्पनीको सेयरमूल्य ४ प्रतिशतले बढेर ५ सय ७२ रूपैयाँ पुगेको छ ।

यस दिन हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ८.२६ प्रतिशतले घटेर ६ सय ३१ रूपैयाँ कायम भएको छ ।