२३ बैशाख, २०८१ आइतबार

04:56:29 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

रुस–युक्रेन युद्धले एशियाली अर्थतन्त्रमा कस्तो प्रभाव पर्ला ?

१८ फागुन, २०७८

विभिन्न युरोपियन देशहरुले रुसमाथि आर्थिक प्रतिबन्ध पनि लगाइराखेका छन । युद्धबाट युरोपको अर्थतन्त्र प्रत्यक्ष मारमा परेको छ र यसको असर कालान्तरमा समेत पर्ने देखिन्छ । युरोपजस्तै एशियाको अर्थतन्त्र पनि युद्धको प्रभावबाट अछुतो भने पक्कै छैन । एशियाली बजार तथा उपभोक्तासम्म यसको नराम्रो प्रभाव देखिन्छ ।

रुस–युक्रेन युद्धले एशियाली अर्थतन्त्रमा कस्तो प्रभाव पर्ला ?

एजेन्सी

विगत ७ दिनदेखि रुस–युक्रेन युद्ध जारी छ । रुसका लाखौँ सैनिकहरु युक्रेनको राजधानी किएभ लगायतका शहरहरुमा प्रवेश गरि आतंक मच्चाइराखेका छन् । जबाफस्वरुप युक्रेनले पनि रसियन सैनिकसँग निरन्तर भिडिरहेको छ ।

झण्डै २ सयको हाराहारीमा युक्रेनी सैनिक तथा सर्वसाधारणले ज्यान गुमाएका समाचारहरु बाहिर आइरहेका छन । युक्रेनले पनि  युक्रेनी सैनिकको हमलाबाट सयौँ सैनिकहरुले ज्यान गुमाएको दावी गरिरहेको छ ।

यसैबीच विभिन्न युरोपियन देशहरुले रुसमाथि आर्थिक प्रतिबन्ध पनि लगाइराखेका छन । युद्धबाट युरोपको अर्थतन्त्र प्रत्यक्ष मारमा परेको छ र यसको असर कालान्तरमा समेत पर्ने देखिन्छ ।
युरोपजस्तै एशियाको अर्थतन्त्र पनि युद्धको प्रभावबाट अछुतो भने पक्कै छैन । एशियाली बजार तथा उपभोक्तासम्म यसको नराम्रो प्रभाव देखिन्छ । 

युनाइटेड फस्र्ट पार्टनर्सका  एशियाली याली अनुसन्धान प्रमुख जस्टिन ट्याङ्ले पेट्रोल लगायतका इन्धनको मुल्य आकाशिएसँगै इन्धनलाई औधोगिक उत्पादनको लागि उर्जा तथा कच्चा पदार्थको रुपमा प्रयोग गर्ने कम्पनीहरु प्रत्यक्ष मारमा पर्ने बताउनुभयो ।

रुस लगायतका देशहरुबाट इन्धनको आपूर्तिमा कमी आउने देखिएसँगै इन्धनको कारोबार गर्ने एशियाली कम्पनीहरुको सेयर मुल्यमा भने उछाल देखिएको छ ।  इन्डोनेसियाको तेल तथा ग्यास कम्पनी मेड्को इनर्जी इन्टरनेशनलको सेयर मुल्यमा गत बिहिबार १३ प्रतिशतले बढेको छ ।

त्यस्तै अन्य कम्पनी इल्नुसा रोज, एकेआर कर्परइन्डो लगायतका पेट्रोलियम पदार्थको कारोबार गर्ने कम्पनीको मुल्यमा समेत वृद्धि भएको छ ।

त्यस्तै बिहिबार थाइल्यान्डको पिटीटी एक्स्प्लोरेसन तथा प्रोडक्सन कम्पनीको सेयर मुल्यमा समेत ३.५ प्रतिशतले बृद्धि भएको छ । रुस–युक्रेनबीचको संकटका कारण एशियाको यातायात तथा पर्यटन क्षेत्रमा पनि असर परेको छ ।

जापानले असुरक्षाको आंकलन गर्दै टोकियोदेखि मस्को लगायतका विभिन्न देशहरुको हवाई उडान बन्द गर्नु परेको जापान एरलाइन्सका प्रवक्तालाई उल्लेख गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । जसका कारण जापान, सिंगापुर लगायत अन्य देशहरुका हवाई  कम्पनीको सेयर मुल्य निरन्तर ओरालो लागेका छन । 

कोरोना संकटका पर्यटकहरुलाई आफ्नो देशमा प्रवेश नदिई  अन्तराष्ट्रिय नाकाहरु बन्द गर्न परिराखेको अवस्थाबाट तंग्रिन नपाउँदै यो संकटले पुन नकरात्मक असर पारेको छ ।  

थाइल्यान्ड रुसी पर्यटकहरुका लागि आकर्षक गन्तव्य मुलुक हो । थाइल्यान्डको पर्यटन तथा खेलकुद मन्त्रालयका अनुुसार गत जनवरीमा मात्रै थाइल्यान्डमा झन्डै १ लाख ३५ हजार पर्यटक आएकामा झण्डै २५ हजार पर्यटक रुसबाट मात्र आएका थिए । अब भने त्यो संख्यामा प्रभाव पर्ने देखिएको छ ।

युक्रेन प्रविधिको क्षेत्रमा पनि अगाडि बढिरहेको छ । धेरै विदेशि कम्पनीहरुले युक्रेनमा विभिन्न सुचना प्रविधिसँग सम्बन्धित कम्पनीहरु सञ्चालन गरिरहेका छन । एशियाका विभिन्न देशहरुले पनि युक्रेनमा आफ्ना कम्पनीहरु विस्तार गरिरहेका थिए ।

जापानको हिटाची कम्पनीले युक्रेनमा रहेको अमेरिकी ग्लोबल लजिक कम्पनीलाई गतवर्ष मात्रै अक्वाइर गरि ७२ सय कर्मचारीका साथ सञ्चालन गरिरहेको थियो । 

जापानीज कम्पनी हिटाचीका प्रमुख वित्त अधिकृतले जारी संकटप्रति कम्पनी धेरै संयम रहेको बताउँदै रसियन आक्रमण बढ्दै गएमा कम्पनीका कर्मचारी कसरी जोगाउन भन्ने विषयमा कम्पनीले विचार गरिरहेको बताउनु भएको छ ।

युक्रेन गहुँ, मकै लगायतका अन्न खाद्यान्न निर्यातमा पनि अग्रणी स्थानमा छ । भलै युक्रेनले अधिकांश उत्पादित अन्न युरोपियन देशहरुमा निर्यात गर्छ, तर पनि जारी चरम संकटले सप्लाइचेनमा पार्ने प्रभावले भने एशियाको खाद्यन्न तथा आधारभुत आवश्यकताका वस्तुमा समेत असर पर्ने देखिन्छ । व्यापारी तथा उपभोक्तालाइ मारमा पार्ने गरि खाद्यन्नको मुल्यले उचाइ कायम गर्ने पक्का छ । 

विगत केहि हप्तादेखि एशियाली खाद्यन्न कम्पनीहरुले कच्चा पदार्थ तथा उत्पादन लागतमा बढोत्तरी भएको भन्दै आफ्ना उत्पादनको मुल्यमा वृद्धि गरिरहेका छन् । संयुक्त राष्ट्रसंघ अन्तर्गतको एफएओका अनुुसार खाद्यन्न मुल्य सुचाङ्क १३५.७ अंक पुगेको छ । जबकी अघिल्लो वर्षको यहि समयमा उक्त सुचाङ्क ११३.५ अंक रहेको थियो । 

नियोन, आर्गन, क्रिप्टोन तथा जेनोन लगायतका विभिन्न अर्धचालक (सेमिकन्डक्टर्स) का लागि आवश्यक कच्चा पदार्थ विश्वभर निर्यातका लागि पनि युक्रेनको भुमिका महत्वपुर्ण छ ।

युक्रेनसँग विश्वको झण्डै ७० प्रतिशत नियोन ग्यासको क्षमता रहेको प्रख्यात बजार रिसर्चर ट्रेन्डफोर्सले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । यदि ती कच्चा पदार्थको आपुर्तीमा कमि आएमा एशिया लगायत विश्वकै ‘चिप’ उद्योगहरुले ठुलो समस्या भोग्नु पर्ने देखिन्छ ।