४ जेठ, २०८१ शुक्रबार

02:41:52 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चालु आर्थिक वर्षमा नेप्सेमा कति सेयर सूचीकृत ?

१८ फागुन, २०७८

नेप्सेमा २०७८ पुससम्ममा सूचीकृत ६ अर्ब ५४ करोड सेयरको चुक्ता मूल्य भने ६ खर्ब ४४ अर्ब ४० करोड रुपैयाँ कायम भएको छ ।

चालु आर्थिक वर्षमा नेप्सेमा कति सेयर सूचीकृत ?

काठमाण्डौं

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा चालू आर्थिक वर्षको पछिल्लो छ महिनामा ८२ अर्ब ३१ करोड रुपैयाँबराबरको सेयर सूचीकृत भएका छन् । नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट प्राप्त तथ्यांकलाई आधार मानेर नेपाल राष्ट्र बैंकले सार्वजनिक तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ को पहिलो छ महिनासम्ममा ४६ अर्ब १६ करोडबराबरको डिबेन्चर, १५ अर्ब ४६ करोडबराबरको साधारण सेयर, ८ अर्ब ९३ करोडबराबरको हकप्रद सेयर, ८ अर्ब १ करोडबराबरको बोनस सेयर र ३ अर्ब ७५ करोडबराबरको म्युचुअल फण्ड गरी कुल ८२ अर्ब ३१ करोड बराबरको सेयर नियमित कारोबारका लागि सूचीकृत भएका हुन् ।

राष्ट्र बैंकको तथ्यांक अनुसार २०७७ पुस मसान्तमा २२८६.६  अंकमा रहेको नेप्से सूचकांक भने २०७८ पुस मसान्तमा २८५७.८ पुगेको छ । सोअनुरुप २०७८ पुस मसान्तमा धितोपत्र बजार पुँजीकरण ४० खर्ब ३७ अर्ब १३ करोड पुगेको छ । २०७७ पुस मसान्तमा बजार पुँजीकरण ३० खर्ब ७९ अर्ब ९४ करोड रुपैयाँ रहेको राष्ट्र बैंकको भनाइ छ ।

२०७८ पुस मसान्तमा धितोपत्र बजार पुँजीकरण ४० खर्ब ३७ अर्ब १३ करोड पुगेको छ । २०७७ पुस मसान्तमा बजार पुँजीकरण ३० खर्ब ७९ अर्ब ९४ करोड रुपैयाँ रहेको राष्ट्र बैंकको भनाइ छ ।

२०७८ पुसमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २ सय २५ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये एक सय ४३ बैंक तथा फाइनान्स कम्पनीहरु र बीमा कम्पनी रहेका छन् भने ४६ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ५ होटल, ५ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् । राष्ट्र बैंकका अनुसार २०७७ पुसमा सूचीकृत कम्पनीहरूको संख्या २ सय १५ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६७.१ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा १०.६ प्रतिशत, लगानी कम्पनीको ७.२  प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.४ प्रतिशत, होटेलको हिस्सा १.४ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.९ प्रतिशत रहेको छ ।

नेप्सेमा २०७८ पुससम्ममा सूचीकृत ६ अर्ब ५४ करोड सेयरको चुक्ता मूल्य  ६ खर्ब ४४ अर्ब ४० करोड रुपैयाँ कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको पछिल्लो ६ महिनामा नेपाल धितोपत्र बोर्डले ३ अर्ब ८० करोड रुपैयाँ बराबरको डिबेन्चर, ३ अर्ब बराबरको म्युचुअल फण्ड, १ अर्ब ५७ करोड रुपैयाँबराबरको साधारण सेयर र १ अर्ब ४ करोड रुपैयाँबराबरको हकप्रद सेयर गरी कुल ९ अर्ब ४१ करोड रुपैयाँबराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।