३ जेठ, २०८१ बिहिबार

04:11:43 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजारमा सेटिङः अर्थमन्त्री शर्मा

१८ फागुन, २०७८

११ लाख सक्रिय लगानीकर्ता र ५० लाख बढी डिम्याट प्रयोगकर्ता बजारमा रहेको बताउँदै शर्माले लगानीकर्ताको हितका लागि पूँजी बजार विकास गर्नु आजको आवश्यकता रहेको बताउनुभएको छ ।

सेयर बजारमा सेटिङः अर्थमन्त्री शर्मा

काठमाडौं
अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारमा सेटिङमा कारोबार हुने गरेको बताउनुभएको छ । बुधबार अर्थमन्त्रालयमा आयोजना गरिएको पुँजीबजार सम्बन्धी विषयमा छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले सेयर बजारमा सेटिङका आधारमा कारोबार हुने गरेको बताउनु भएको हो ।

विभिन्न अध्ययन एवम रिपोटर्मा सेयर बजार सेटिङका आधारमा चलेको भन्दै शर्माले यस्तो कार्य रोक्न निर्देशन दिनुभएको छ । सो क्रममा शर्माले सेयर बजारमा इन्साइडर ट्रेडिङ धेरै हुने गरेको र उक्त कार्यलाई रोक्न आवश्यक रहेको उहाँले जनाउनुभयो । हाल ११ लाख सक्रिय लगानीकर्ता र ५० लाख बढी डिम्याट प्रयोगकर्ता बजारमा रहेको बताउँदै शर्माले लगानीकर्ताको हितका लागि पूँजी बजार विकास गर्नु आजको आवश्यकता रहेको बताउनुभएको छ ।

शर्माले स्टार्टअप कम्पनीहरुलाई पनि पुँजीबजारमा प्रवेश गराउने वातावरण आवश्यक नीतिनिर्माण गर्न निर्देशन दिनुभएको छ । त्यस्तै, शर्माले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) का बीच तालमेल आवश्यक देखिएको जनाउनुभएको छ । साथै मन्त्री शर्माले टिमएस सुधार गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।