४ जेठ, २०८१ शुक्रबार

12:42:59 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कहिले हुन्छ नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँड ?

१८ फागुन, २०७८

माग भन्दा बढी आवेदन परेको हुँदा कम्पनाीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ

कहिले हुन्छ नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँड ?

काठमाडौं
लगानीकर्ताहरुलाई नेष्डो समृद्ध लघुवित्त वित्तीयको आईपीओ कहिले बाँडफाँड हुन्छ भन्ने चासोको बिषय बनेको छ । कम्पनीले फागुन ११ गते देखि १५ गतेसम्म सर्वसाधारणको लागि निष्काशन गरेका साधारण सेयर (आईपीओ) यहि साता बाँडफाँड हुने सम्भावना रहेको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटले जनाएको छ ।

आवेदन भेरिफिकेशनको काम भइरहेकोले सकेसम्म शुक्रबार भित्रै आईपीओ बाँडफाँड गर्ने तयारी रहेको बिक्री प्रबन्धकले जनाएको हो ।  कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको थियो ।

जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १२ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४१ हजार ४ सय ३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  ७ लाख ७४ हजार ५ सय ३६ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

पछिल्लो तथ्यांक अनुसार लघुवित्तको आईपीओमा २६ लाख आवेदकबाट ३ अर्ब १ करोड १३ लाख ७० हजार रुपैयाँ बराबरको ३ करोड १ लाख १३ हजार ७०० कित्ता सेयरको लागि आवेदन परेको छ ।  माग भन्दा बढी आवेदन परेको  हुँदा कम्पनाीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । गोलाप्रथाबाट आईपीओ बाँडफाँड गर्दा भाग्यमानी ७७ हजार ४सय ५६ जनाले मात्र १० कित्ता सेयर पाउनेछन् ।