२३ बैशाख, २०८१ आइतबार

06:33:01 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

रूस–युक्रेन युद्धको असर खेलकुदमा, रूसको विश्वकप यात्रा अनिश्चित

१८ फागुन, २०७८

फिफाको निलम्बन परेमा रुसले मार्चमा पोल्याण्डविरुद्ध हुने विश्वकप छनोट अन्तर्गत प्ले अफ खेल गुमाउनेछ ।

रूस–युक्रेन युद्धको असर खेलकुदमा,  रूसको विश्वकप यात्रा अनिश्चित

एजेन्सी । 
रूस र युक्रेनबीचको युद्धको असर खेलकुद क्षेत्रमा पनि देखिने भएको छ । 
विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपेली फुटबलको सर्वोच्च निकाय यूएफाले रुसलाई निलम्बन गरेसँगै रूसको विश्वकप यात्रा अनिश्चित बनेको हो ।

रूसले युक्रेनमा सैन्य आक्रमण गरेपछि युक्रेनी जनतासँग ऐक्यवद्धता जनाउदै फिफा र यूएफाले रुसलाई अन्तराष्टिय फुटबलका सम्पूर्ण गतिविधिबाट निलम्बन गरेको एक विज्ञप्तिमार्फत् जानकारी गराइएको छ ।

रूसको राष्ट्रिय टिमसँगै व्यवसायिक फुटबल क्लबहरुसमेत अर्को सूचना नआएसम्मको लागि निलम्बनमा परेका छन् । फिफाको निलम्बन परेमा रुसले मार्चमा पोल्याण्डविरुद्ध हुने विश्वकप छनोट अन्तर्गत प्ले अफ खेल गुमाउनेछ ।

यसैबीच पोल्याण्डले रूसको यूक्रेनमाथिको आक्रमणविरूद्ध यूक्रेनी पक्षसँग सदासयता देखाउँदै आफूले रूससँग नखेल्ने घोषणा गरिसकेको छ । फिफाले आइतबार मात्र रुसलाई राष्ट्रिय झण्डा र राष्ट्रिय गान बिना अन्तराष्ट्रिय फुटबल खेल्न निर्देशन दिएको थियो ।