१९ जेठ, २०८१ शनिबार

03:30:56 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चौधौं अन्तराष्ट्रिय ह्विलचियर दिवस मनाइयो

Nepal Business

१७ फागुन, २०७८

चौधौं अन्तराष्ट्रिय ह्विलचियर दिवस मनाइयो


काभ्रेपलाञ्चोक
 
‘ह्विलचियरका लागि बाटो, हाम्रो अधिकार’ भन्ने मूलनाराका साथ मंगलबार चौधौँ अन्तर्राष्ट्रिय स्पाइनल इञ्जरी दिवस विभिन्न कार्यक्रम गरी मनाइयो । 

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित स्पाइनल इञ्जरी पुनःस्थापना केन्द्रले मंगलबार यहाँ ह्विलचियर र्याली   तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरियो ।  

सो अवसरमा केन्द्रका सञ्चालक कनकमणि दीक्षितले ह्विलचियरमैत्री नेपाल बनाउनका लागि सबैमा सचेतना जगाउन कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । अस्पतालमा उपचाररत ह्विलचियर प्रयोगकर्ताहरुका लागि वरिपरिका बस्ती र स्थानहरु अवलोकन गर्न सहज बनाउने उद्देश्यले भैँसेपाटीको अस्पताल प्राङ्गणदेखि माथिको वासुकी डाँडासम्म ह्विलचियर गुडाउने बाटो निर्माण भइरहेको बताउँदै उहाँले सो कार्यमा जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले संयोजन गरिरहेको जानकारी दिनुभयो ।

अरूले  डोर्याएर नभई आफैँले ह्विलचियर चलाएर माथि रहेको वासुकी मन्दिरको दर्शन गर्ने र वरिपरिको दृश्यावलोकन गर्न सकिने आधार बनाउँदैछौँ, उहाँले भन्नुभयो, “जसले स्पाइनल इञ्जरी भएकाहरुका लागि उत्प्रेरणाको काम हुनेछ ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीमा २० वर्षअगाडि स्थापना भएको अस्पतालमा गम्भीर स्पाइनलकट इञ्जरी भएका ३ हजार ३ सयभन्दा बढीले सेवा लिइसकेको केन्द्रले जनाएको छ । ५१ शय्याको अस्पतालमा अहिले ६५ जनाको उपचार भइरहेको अस्पतालका फिजिकल मेडिसिन एन्ड रिहाबिलिटेशन विशेषज्ञ एवं मेडिकल डाइरेक्टर डाक्टर राजु ढकालले बताउनुभयो ।

अहिले सो अस्पताललाई एक सय शय्या  पुर्याउनका लागि सबै प्रक्रिया अगाडि बढिसकेकाले भएको भवनहरु प्रबलीकरण गर्ने काम सम्पन्न भएपछि सेवा सञ्चालन हुने उहाँले बताउनुभयो ।