४ जेठ, २०८१ शुक्रबार

12:44:06 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेको इन्स्योरेन्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

१७ फागुन, २०७८

सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित कुल १५.७९ प्रतिशत लाभांश अनुमोदन गर्नेछ।

नेको इन्स्योरेन्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं
नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । फागुन १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले २६ औँ वार्षिक साधारण सभा चैत ९ गते बुधबार केन्द्रिय कार्यालय बीमा भवन, ज्ञानेश्वर काठमाडौंमा ११ बजे बोलाएको हो ।

सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित कुल १५.७९ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। कम्पनीको सभाले शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक बर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, आर्थिक बर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन सहितको सम्पूर्ण वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत १ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, फागुन ३० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्रै कम्पनीको लाभांश प्राप्त तथा साधारण सभामा सहभागीता जनाउन पाउनेछन् ।