४ जेठ, २०८१ शुक्रबार

05:20:44 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मंगलबार (आज) सेयर बजार बन्द

१७ फागुन, २०७८

सरकारले मंगलबार सार्वजनिक बिदा भएको हुनाले सेयर बजार पनि बन्द

मंगलबार (आज) सेयर बजार बन्द

काठमाडौं
महाशिवरात्रीको अवसरमा सरकारले आज (फागुन १७ गते, मंगलबार) सार्वजनिक बिदा दिएको छ । सरकारले मंगलबार सार्वजनिक बिदा भएको हुनाले सेयर बजार पनि बन्द रहेको हो ।  सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक ४३.१० अंकले घटेर २६१०.६० विन्दुमा झरेको थियो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ६.६४ अंकले घटेर ५००.२१ विन्दुमा झरेको थियो ।
 
कूल २२७ वटा कम्पनीको ७८ लाख ३४ हजार ९ सय १५ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ६६ करोड एक लाख ८९ हजार ८ सय ६८ रूपैयाँ बराबरको कारोबार भएको थियो । सोमबार कारोबार भएका कूल १३ उपसमूहमध्ये सबै उपसमूहको सेयर घटेको छ । सोमबार सर्वाधिक कारोबार हुनेमा अपि पावर कम्पनी लिमिटेड रहेको थियो ।

सोमबार अपि पावर कम्पनी लिमिटेडको १६ करोड ९ लाख ९९ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । सोमबार तेह्रथुम पावर कम्पनी लिमिटेड र सामलिङ्ग पावर कम्पनी लिमिटेडको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।