१ जेठ, २०८१ मंगलबार

02:18:56 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शुन्दर सहर निर्माणमा मुक्तिनाथ बैंकको साथ

Nepal Business

१७ फागुन, २०७८

मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।

शुन्दर सहर निर्माणमा मुक्तिनाथ बैंकको साथ

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व अन्र्तरगत विभिन्न संध संस्थाहरुलाई सहयोग गर्दै आएको छ । बैंकले भक्तपुरको मध्यपुर ठिमी न.पा. वडा नं.१, लोकन्थली मा मनोरम बालबालिका बाटिकामा पार्क निर्माण सम्बन्धी कार्य गर्न सहयोग गरेको छ । 

बैंकले मनोरम नगर समाजलाई एक कार्यक्रम बीच चेक हस्तानतरण गरेको बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गले जानकारी दिनुभएको छ । 
उक्त कार्यक्रममा बैंकका तर्फबाट मार्केटिंङ प्रमुख बसन्त बक्शी, काठमाडौं उप—क्षेत्रीय प्रमख ज्योति प्रकाश अर्याल, लोकन्थली शाखाका प्रबन्दक सुरज गौतम र अन्य कर्मचारीहरुको उपस्थिति तथा मनोरम नगर समाजको तर्फबाट अध्यक्ष विश्व वन्धु गौतम तथा अन्य आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो । 

यस सहयोगबाट पार्क निमार्णको कार्य सम्पन्न गर्ने, वृक्षारोपण तथा सम्भार गर्न मद्दत पुग्ने र पार्कमा आउने व्यक्तिहरुलाई एक सम्पन्न पार्कमा आराम गर्न वातवारण मिल्ने बैंकले जनाएको छ । मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।