११ मंसिर, २०८१ मंगलबार

04:35:14 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कतारबाट अवैध रुपमा सुन ल्याउने पक्राउ, भन्सारमा बुझाइयो

Nepal Business

१६ फागुन, २०७८

कतारबाट अवैध रुपमा सुन ल्याउने पक्राउ, भन्सारमा बुझाइयो

काठमाडौं । कतारबाट अवैध रुपमा लुकाईछिपाई सुन ल्याएर भन्सार छली घर लैजान लागेका उक व्यक्तिलाई प्रहरीले विमानस्थलबाट पक्राउ गरेका छ ।

कतार एयरवेजको उडानद्वारा दोहाबाट काठमाडौं आएका अलीलाई विशेष सूचनाको आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको पार्किङ क्षेत्रमा फेला पारिएको थियो । 

प्रहरीले २ थान ब्रासलेटसहित सप्‍तरी मौवावेल्ही ४, वतन भएका ३६ वर्षीय एमडी सौकात अलीलाई पक्राउ गरी सोमबार भन्सार कार्यालयमा बुझाएको हो ।

कतार एयरवेजको उडानद्वारा दोहाबाट काठमाडौं आएका अलीलाई विशेष सूचनाको आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको पार्किङ क्षेत्रमा फेला पारिएको थियो । 

सोधपुछ एवं तलासी गर्दा जिन्स पाईन्टको दाँया तथा बाँयातर्फको कम्मरको भागमा बाँधेर कालो कपडाको थैलीभित्र लुकाएको अवस्थामा उक्त ब्रासलेट फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।