३ जेठ, २०८१ बिहिबार

01:07:31 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दोहोरो अंकले घट्यो सेयर बजार, २ वटा कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट

१६ फागुन, २०७८

सोमबार तेह्रथुम पावर कम्पनी लिमिटेड र सामलिङ्ग पावर कम्पनी लिमिटेडको सेयरमूल्यमा नकारात्मक सर्किट

दोहोरो अंकले घट्यो सेयर बजार, २ वटा कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट

काठमाडौं
सेयर कारोबार साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक ४३.१० अंकले घटेर २६१०.६० विन्दुमा झरेको छ । नेप्से १.६२ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ६.६४ अंकले घटेर ५००.२१ विन्दुमा झरेको छ ।

अघिल्लो कारोबार दिन आइतबार ३ अर्ब २७ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा सोमबार २२७ वटा कम्पनीको ७८ लाख ३४ हजार ९ सय १५ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ६६ करोड १ लाख ८९ हजार ८ सय ६८ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।  सोमबार कारोबार भएका कूल १३ उपसमूहमध्ये सबै उपसमूहको सेयर घटेको छ । सोमबार सर्वाधिक कारोबार हुनेमा अपि पावर कम्पनी लिमिटेड रहेको छ ।

सोमबार अपि पावर कम्पनी लिमिटेडको १६ करोड ९ लाख ९९ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । सोमबार तेह्रथुम पावर कम्पनी लिमिटेड र सामलिङ्ग पावर कम्पनी लिमिटेडको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । तेह्रथुम पावरको सेयरमूल्य सोमबार ७८ रुपैयाँ ८० पैसा घटेर ७०९ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ भने सामलिङ पावरको ७९ रुपैयाँ घटेर ७११ रुपैयाँमा अन्तिम कारोबार भएको छ।