४ जेठ, २०८१ शुक्रबार

07:35:41 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दीर्घायु बचत खाता अन्तर्गत सानिमा बैंकले गर्यो १० लाख दुर्घटना बीमा रकम हस्तान्तरण

१६ फागुन, २०७८

दीर्घायु बचत खाता अन्तर्गत सानिमा बैंकले गर्यो १० लाख दुर्घटना बीमा रकम हस्तान्तरण

काठमाडौं
सानिमा बैंकले बचत खाता अन्तर्गत दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ । बैंकले सानिमा दीर्घायु बचत खाता अन्तर्गत दिर्घायु तलब बचत खातावालाको परिवारलाई १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी भुक्तानी गरेको हो ।

धनगढी शाखाका खातावाल गणेशप्रसाद ओझाको दुर्घटनामा परि मुत्यु भएकोले उहाँको हकवाला कमली पन्त ओझालाई उक्त रकम हस्तान्तरण गरिएको हो । सो रकम सुदूरपश्चिम प्रदेश प्रमुख मेघराज खड्का र बीमा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख घनश्याम जोशीले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको छ ।