४ जेठ, २०८१ शुक्रबार

12:20:26 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

१८ निर्जीवन बीमा कम्पनीमध्ये २ ले लाभांश वितरण नगर्ने, ५ कम्पनीले लाभांश दिन बाँकी

१६ फागुन, २०७८

शिखर इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, युनाईटेड इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी र जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गर्न बाँकी

१८ निर्जीवन बीमा कम्पनीमध्ये २ ले लाभांश वितरण नगर्ने, ५ कम्पनीले लाभांश दिन बाँकी

काठमाडौं
निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना सेयधनीहरुलाई लाभांश प्रस्ताव गर्न थालेका छन्। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत १८ वटा निर्जीवन बीमा कम्पनीहरुमध्ये हालसम्म ११ वटा कम्पनीहरुले लाभांश प्रस्ताव गरीसकेका छन् ।

२ वटा कम्पनीले लाभांश प्रस्ताव नगर्ने भएका छन् भने बाँकी ५ वटा कम्पनीले लाभांश प्रस्ताव गर्न बाँकी रहेको छ । नेप्सेमा सूचीकृतमध्ये नेको इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्सले लाभांश प्रस्ताव गरिसकेका छन् ।

लाभांश प्रस्ताव गर्नेमध्ये आफ्ना सेयरधनीलाई सबैभन्दा धैरै प्रस्ताव गर्नेमा सगरमाथा इन्स्योरेन्स रहेको छ। यो कम्पनीले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद गरी २१.०५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। त्यस्तै, सगरमाथा इन्स्योरेन्स पछि सबैभन्दा धेरै लाभांश वितरण गर्नेमा नेको इन्स्योरेन्स रहेको छ। उक्त इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद गरी १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

यस्तै, सिद्धार्थ इन्स्योरेन्सले सेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश गरी १५.७८९५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव माघ २१ गते सम्पन्न २८ औं वार्षिक साधारणले पारित गरिसकेको छ।

यसैगरी, प्रभु इन्स्योरेन्सले ११.५८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। एनएलजीले १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। लुम्बिनी जनरलले १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। आइएमई जनरलले ७.३७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रुडेन्सियलले ७.३५८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। हिमालयन जनरलले ७ प्रतिशत लाभांश प्रस्ताव गरेको छन्। सबैभन्दा कम लाभांश प्रस्ताव गर्नेमा एभरेष्ट इन्स्योरेन्स रहेको छ।

 एभरेष्टले इन्स्योरेन्स गत आर्थिक वर्षको मुनाफाबाट ६ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.३१ प्रतिशत नगद गरी ६.३१ लाभांश प्रस्ताव गरको छ। सानिमा र अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने भएका छन् । शिखर इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, युनाईटेड इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी र जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गर्न बाँकी रहेको छ ।