४ जेठ, २०८१ शुक्रबार

10:08:48 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेशनल लाइफ इन्स्योरेन्सले बोलायो वार्षिक साधारण सभा, बुकक्लोज कहिले ?

१६ फागुन, २०७८

चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने

नेशनल लाइफ इन्स्योरेन्सले बोलायो वार्षिक साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । फागुन ५ गते बसेको कम्पनीको संचालक समितिको बैठकले गरेको निर्णय अनुसार नेशनल लाइफ इन्स्योरेन्सले फागुन २९ गते ३३ औं वार्षिक साधारण सभा बोलाएको हो ।

कम्पनीको उक्त सभा नेशनल लाइफ भवन, केन्द्रिय कार्यालय, लाजिम्पाट, काठमाडौँमा बिहान १०ः३० बजेदेखि अनलाइन मार्फत सुरू हुनेछ । उक्त सभामा वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन २२ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, फागुन २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।