४ जेठ, २०८१ शुक्रबार

04:46:51 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ग्रीन भेन्चर्सको आईपीओमा आवेदन दिने म्याद थप

१६ फागुन, २०७८

ग्रीन भेन्चर्स लिमिटेडले ३१ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।

ग्रीन भेन्चर्सको आईपीओमा आवेदन दिने म्याद थप

काठमाडौं
ग्रीन भेन्चर्स लिमिटेडले फागुन २ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा अब फागुन २३ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले पहिलो चरणमा जारी पूँजीको १० प्रतिशतले हुने प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।

 कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात खिजिदेम्बा गाउँपालिका १ (साविक रगनी गाविस), ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका २ (साविक रगनी गाविस), ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका ३ (साविक खिजीचण्डेश्वरी गाबिस), ओखलढुङ्गा, लिखु गाउँपालिका ९ (साविक पोकली गाविस), ओखलढुङ्गा, लिख तामाकोशी गाउँपालिका १ (साविक दरागाउँ गाविस), रामेछाप, लिख तामाकोशी गाउँपालिका २ (साविक सपु गाविस), रामेछाप र उमाकुण्ड गाउँपालिका ७ (साबिक भुजि गाविस) रामेछाप जिल्लाका बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।

स्थानीयले आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताहरुले उक्त आईपीओमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, नयाँ बानेश्वर काठमाडौँ, ग्रीन भेन्चर्स लिमिटेड, पुतलीसडक, काठमाडौँ, लक्ष्मी बैंक लिमिटेड, मन्थली, रामेछाप, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, धोबिबजार, लिखु, रामेछाप, मेगा बैंक लिमिटेड, खिजिदेम्बा, ओखलढुङ्गा, मेगा बैंक लिमिटेड, मन्थली, रामेछापबाट आवेदन दिन सक्नेछन् ।