३ जेठ, २०८१ बिहिबार

12:37:10 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेष्डो समृद्ध लघुवित्तको आईपीओमा कति पर्याे आवेदन ? यस्तो छ पछिल्लो अपडेट

१६ फागुन, २०७८

नेष्डो समृद्ध लघुवित्तको आईपीओमा माग गरिएको भन्दा ३८.८७ गुणा धेरै पर्याे आवेदन

नेष्डो समृद्ध लघुवित्तको आईपीओमा कति पर्याे आवेदन ? यस्तो छ पछिल्लो अपडेट

काठमाडौं
फागुन ११ गतेदेखि निष्कासन तथा बिक्री खुल्ला गरेको नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) मा आवेदन दिने समय सकिएको छ । लघुवित्तको आईपीओमा आवेदन दिने समय फागुन १५ गते आइतबारबाट सकिएको हो ।

कम्पनीको आईपीओमा आइतबार साँझसम्ममा २५ लाख ९९ हजार ५ सय ९८ जनाले ३ करोड १ लाख १३ हजार ७ सय कित्ताका लागि आवेदन दिएको सीडीएसले जनाएको छ । यो सर्वसाधारणका लागि माग गरिएको भन्दा ३८.८७ गुणा धेरै हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको हो ।

जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १२ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४१ हजार ४ सय ३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  ७ लाख ७४ हजार ५ सय ३६ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।