२३ बैशाख, २०८१ आइतबार

04:35:27 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एशियन युथ तथा जुनियर बक्सिङमा तीन खेलाडीले भाग लिने

Nepal Business

१५ फागुन, २०७८

एशियन युथ तथा जुनियर बक्सिङमा तीन खेलाडीले भाग लिने

काठमाण्डौं

जोर्डनको अम्मानमा आयोजना हुने एशियन युथ तथा जुनियर बक्सिङ च्याम्पियनसिपमा नेपालबाट तीन खेलाडीले भाग लिने भएका छन् ।

आगामी फागुन १६ देखि चैत १ गतेसम्म सञ्चालन हुने उक्त च्याम्पियनसिपमा नेपालका इन्द्र सुनार, छिरिङ वाङ्दी शेर्पा र स्वस्तिका तिरुवाले प्रतिस्पर्धा गर्ने हुनु भएको छ । इन्द्रले पुरुष ६० केजी, छिरिङले पुरुष ५४ केजी तथा स्वस्तिकाले महिला ५२ केजीमा प्रतिस्पर्धा गर्नु हुनेछ। नेपाली टोलीको मुख्य प्रशिक्षकमा दीपक महर्जन रहनु भएको छ । 

उक्त प्रतियोगितामा सहभागिता जनाउने नेपाली टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजङग गहतराज, मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, बक्सिङ सङ्घका अध्यक्ष राम अवाले लगायतले आइतबार आयोजित एक कार्यक्रमा सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो ।